काठमाण्डौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बोलाइएको बैठकमा पछिल्लो विकसित घट्नाक्रमबारे छलफल केन्द्रित हुने बताईएको छ ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुनेछ । बैठकमा अहिलेको बदलिँदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
विशेषगरी बैठकमा पछिल्ला दिनमा राजतन्त्रको पक्षमा सडकमा देखिएको प्रदर्शनका विषयमा प्रधानमन्त्रीले दलहरूको साझा धारणा बुझ्नेछन् । केहीसाता यता देशभर राजतन्त्रका पक्षमा देशभर प्रदर्शन भैरहेका छन् । आफ्नै दल नेकपाभित्रको बिवाद चर्किएका बेला प्रधानमन्त्रीले आकस्मिक सर्बदलिय बैठक बोलाएका हुन् ।