Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
पतिवियोगको ६ वर्षपछि नायिका श्वेताले सुरु गरिन् वैवाहिक जीवन (तस्बिरहरु)

काठमाडौँ - नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि एकल जिवन बिताउँदै आएकी अभिनेत्री श्वेता खड्का बैवाहिक सम्बन्धमा बाँधिएकी छिन् । परिवार र नजिकका आफन्तबीच सोमबार काठमाडौंमा उनले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी हुन् ।

अभिनेता श्रेष्ठको निधन भएको ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएको २ दिनमै भएर श्रीकृष्णको भारतमा उपचारकै क्रममा २०७१ साउन २५ गते उनको निधन भएको थियोे ।

स्वेताले आफ्नो फेसबुक स्टाटसमा कोभिडका कारण सिमित मानिसहरुको उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै एकदिन अघि बिहेको संकेत गरेकी थिईन् । स्टाटसमा उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन् ।

दोस्रो विवाह गर्ने स्वेताको निर्णयको प्रशंसा गर्दै सामाजिक संजालमा बधाईको ओईरो लागेको छ । श्वेताले कहाँ भेटिएलामा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

नायक श्रीकृष्णले नै स्वेतालाई चलचित्र उद्योगमा नायिकाका रुपमा स्थापित गरेका थिए । यस्तै कोहिनुरु, कान्छीमा पनि उनले अभिनय गरेकी छिन् । अभिनयसँगै श्वेता व्यवसाय र समाजसेवामा पनि क्रियाशील छिन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update