काठमाण्डौं – अमेरिकाले गाँजा खेतीलाई बैधता प्रदान गर्ने कानुन पारित गरेको छ । अमेरिकाको प्रतिनिधिसभा संघीय संसदले गाँजा प्रयोग, खेती र ब्यापार गर्ने व्यक्तिहरुलाई आममाफी र क्षतिपुर्ति दिलाउने कानुन पारित गरेको हो ।
शुक्रवार पारित गरिएको उक्त कानुनमा गाँजा खेती र व्यापार गर्ने बाटो खोलिएको छ । अमेरिकाले हालै संयुक्त राष्ट्रसंघमा गाँजालाई खतरनाक लागु पदार्थको सूचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरेको थियो । अमेरिकामा पनि यसअघि गाँजाको प्रयोग, खेती र व्यापारलाई अबैध मानिन्थ्यो ।
नेपालमा गाँजालाई लागु पदार्थको सूचीबाट हटाउन पहल गरिरहेका प्रतिनिधिसभा सांसद शेर बहादुर तामाङले नेपालमा छिटो कानुन पारित गरेर लागु गर्न ढिलो गर्न नहुनेमा जोड दिए ।
नेपालमा गाँजा लागु पदार्थको सूचीबाट हटे त्यसको खेती, सेवन र ओसारपसारको अभियोगमा जेल सजाँय भोगिरहेका करिव १२ हजार कैदीहरुलाई आममाफी र क्षतिपुर्ति दिनुपर्नेछ । नेपाललाई संयुक्त राष्टसंघमा भएको गाँजालाई खतरनाक लागु पदार्थको सुचीबाट हटाउने प्रस्तावको पक्षमा मतदान गरिसकेको छ ।