Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
प्रेस-प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै उपलब्ध हुने ब्यवस्था गर्न मन्त्री गुरुङको निर्देशन

काठमाण्डौं - संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्लाबाटै प्राप्त हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

मन्त्री गुरुङले सम्वन्धित जिल्ला हुलाक कार्यालयहरुबाटै पत्रकारहरुले प्रेस—प्रतिनिधि प्रमाणपत्रको आवेदन गर्न सकिने, तयार भै आएको प्रमाणपत्र लिन सक्ने र नवीकरणको व्यवस्था पनि जिल्ला हुलाकबाट नै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

सूचना तथा प्रसारण विभागका अधिकारीहरुलाई तत्काल उक्त व्यवस्थाका लागि मन्त्रीले निर्देशन दिएको प्रेस विज्ञ राजेन्द्र मानन्धर जानकारी दिए । उक्त व्यवस्थाले लामो समय पत्रकारितामा सक्रिय भएका तर विविध कारणले प्रेस प्रतिनिधि परिचय पत्र लिन नसकेका, अपाङ्गता आदि कारणले सूचना विभागसम्मको पहुँच नभएका पत्रकारहरुलाई सहजै जिल्लाबाट नै सेवा उपलब्ध हुनसक्ने छ ।

मन्त्रीको निर्देशनपछि सूचना विभागबाट जारी गरिने प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण र नवीकरण गर्नेसम्वन्धी सबै कार्य खुला गरिएको छ । प्रेस प्रतिनिधि प्रमाणपत्र दर्ता, नविकरण वा प्रेससँग सम्बन्धित कामका लागि हाल काठमाण्डौं धाउनुपर्ने वाध्यता छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७  १८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update