नेतामाथि धरपकड भएको बिरोधमा देशभर शक्ति प्रदर्शन गर्ने कांग्रेसको निर्णय
काठमाण्डौं - आफ्नो वरिष्ठ नेतामाथि भएको धरपकडको विषयलाई लिएर प्रमुख विपक्षी दल नेपाली कांग्रेस देशभर प्रदर्शनमा उत्रने भएको छ । शक्रवार बसेको कांग्रेस पदाधिकारी तथा पुर्वपदाधिकारीहरुको बैठकले यही २९ मंसिरमा देशभर प्रदर्शन गर्ने गर्ने निर्णय गरेको हो ।
पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा प्रहरीले धरपकड गरेको थियो । बैठकले सरकारको भण्डाफोर गर्ने रणनीतिका साथ देशभर सडक प्रदर्शन गर्ने निर्णय भएको स्रोतको भनाई छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७ १८:२२
प्रतिक्रिया दिनुहोस्