काठमाण्डौंमा प्रचण्ड-नेपाल निकट विद्यार्थीहरुको भेला, नेताहरुले गरे सम्वोधन
काठमाण्डौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बिवाद कायम रहेका बेला गुटगत भेला हुने क्रम दुबै पक्षले जारी राखेका छन् । मदन भण्डारी फाउण्डेशन र मनमोहन प्रतिष्ठानमार्फत प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले भेला जारी राखेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले पनि भेलालाई तिब्रता दिएको छ ।
प्रचण्ड नेपाल समुह निकट विद्यार्थीहरुको भेला शुक्रवार काठमाण्डौंमा सम्पन्न भएको छ । थापाथली क्याम्पसमा सम्पन्न भेलालाई अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, ठाकुर गैरे, लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री लगायतका नेताहरुले सम्बोधन गरेका छन् । ओली पक्षले गुटगत भेलालाई देशभर जारी राखेकाले काउन्टर भेला गरिएको नेताहरुको दावी छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७ १४:५७
प्रतिक्रिया दिनुहोस्