-नारायणकाजी श्रेष्ठ
२०७४ असोज १७ गते हाम्रा तात्कालिन पार्टीहरु ने. क. पा. (माओवादी केन्द्र) र ने. क. पा. [एमाले] ले २०७४ मंसिरको आम चुनावमा मिलेर लड्ने र अन्ततः निर्वाचनपछि पार्टी एकीकरण गर्ने घोषणा गरेका थियौँ ।
उक्त घोषणाअनुसार गत आम निर्वाचनमा साझा निर्वाचन घोषणापत्रका आधारमा चुनाव लड्यौं र पार्टी एकता गर्ने प्रतिवद्धता पनि व्यक्त गर्यौं । निर्वाचनमा हाम्रो शानदार विजय भयो । फलतः अत्याधिक बहुमतको संघीय सरकार र सात मध्ये छवटा प्रदेश सरकार गठन गर्न सफल भयौं ।
निर्वाचनले हामीलाई जनादेश त दियो नै, त्यसका अतिरक्त निर्वाचन प्रकृयामा एकतावद्ध भई उत्साहपूर्ण सहभागिता जनाएका आम कार्यकर्ता र समर्थक जनसमुदायले पार्टी एकताको हाम्रो घोषणालाई अनुमोदन पनि गरे ।
निर्वाचनमा सफलता र सरकार गठनपछि २०७५ जेष्ठ ३ गते जननेता क। मदन भण्डारीको जन्म जयन्तिको अवसरमा पार्टी एकता सम्पन्न गरी एकीकृत पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को घोषणा गर्यौं । एकीकृत पार्टी निर्माणको घोषणासँगै हामीले तीन महिनाभित्र संगठनात्मक एकीकरणको कार्य पूरा गर्ने र दुई वर्षभित्र एकता महाधिवेशन सम्पन्न गर्ने निर्णय गर्यौं ।
अहिले पार्टी एकता भएको अढाई वर्ष पुगिसकेको छ । तीन महिनामा सम्पन्न गर्ने भनिए पनि संगठनात्मक एकीकरणको काम अझै पूर्णरुपमा सकिएको छैन । संगठनात्मक एकीकरणको काम नै पूरा नभई महाधिवेशन हुन सक्ने कुरै भएन । हामीले पछिल्लो स्थायी कमिटीको बैठकबाट संगठनात्मक एकीकरणको काम तत्काल सम्पन्न गर्ने र २०७७ चैत्र २५ –३० गते एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय लियौँ ।
पार्टी एकताको संक्रमणकाललाई अन्त्य गर्न अनिवार्यरुपमा कार्यान्वयन गर्नुपर्ने यो निर्णय समय तालिकामा हुन गएको ढिलाइलाई सच्याउने प्रयोजनको सामान्य एवं सहज प्रकृयाभित्रबाट मात्र लिइएको थिएन । बरु, यसवीचमा पार्टीभित्र भएको छलफल, बहस, अन्तरविरोध, अन्तरसंघर्षलाई सही ढंगले बुझ्ने एवं समाधान गर्ने विषयमा देखिएको समस्याको कारणबाट पार्टी एकतामा उत्पन्न संकट र आशंकित फुटको खतराका वीचबाट पार्टी एकताको रक्षा गर्दै अघि बढ्ने संकल्पका क्रममा स्थायी कमिटीले उक्त निर्णय लिएको थियो ।
यसरी स्थायी कमिटीको बैठकले पार्टी एकताको रक्षा गर्ने, पार्टी तथा सरकार सञ्चालनको सम्बन्धमा विचार, नीति, विधि, पद्दतिमा केन्द्रित सकारात्मक परिवर्तन गर्ने र यसै वर्षभित्र एकता महाधिवेशनको आयोजना गर्ने निश्कर्ष निकालेको थियो ।
हाम्रो सामु स्थायी कमिटीले लिएका सबै निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्दै एकता महाधिवेशनको तयारीमा सामुहिक संकल्पका साथ दृढतापूर्वकअघि बढ्नुको कुनै विकल्प थिएन । यसको अवज्ञा, अवहेलना, उपेक्षा वा तोडमरोड कम्युनिष्ट आन्दोलनका लागि मात्र होइन, देश तथा जनताका लागिसमेत घातक सावित हुनेछ भन्ने यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा त्यसको विपरीत स्थायी कमितिको निर्णय कार्यान्वयन गरिएन ।
परिणामस्वरुप पार्टीभित्रको समस्या, अन्तरविरोध, अन्तरसंघर्ष र संकट पुनः तिव्ररुपमा प्रकट हुने स्थिति उत्पन्न भएको छ । पार्टी सचिवालयको बैठकमा अध्यक्ष क। केपी शर्मा ओली र अध्यक्ष क। प्रचण्डले पार्टी संकट र त्यसको निवारणका सम्वन्धमा आ–आफ्ना प्रस्तावहरु प्रस्तुत गर्नुभएको छ ।
यी प्रस्तावहरुसहित सम्बन्धित सबै पाटा पक्षमाथि व्यापक छलफल गरी सही निष्कर्ष निकाल्न सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकहरुको ठोस मिति निश्चित गरिएका छन् । पार्टीका यी सर्वोच्च निकायका बैठकहरु सामु गम्भीर छलफल गरी पार्टी, कम्युनिष्ट आन्दोलन, देश र जनताको पक्षमा आवश्यक निर्णय लिने चुनौती र जिम्मेवारी छ ।
पार्टी एकताको रक्षा, विचार, नीति, विधि पद्दतिका आधारमा पार्टी एवं सरकारको सञ्चालन र महाधिवेशनको आयोजनाको दिशामा सार्थक ढंगले अघि बढ्न सबभन्दा पहिले हाम्रो पार्टी एकताको लक्ष, उद्देश्य र अर्थ एवं औचित्यका बारेमा एकरुप समझदारी र गम्भीर आत्मसातीकरणको आवश्यकता छ ।
त्यसैगरी पार्टीको हालको विचारधारात्मक, राजनीतिक एंव संगठनात्मक कार्यदिशामा स्पष्टताको आवश्यकता छ । त्यसको अभावमा पार्टी एकताको मर्मबोध, एकताको रक्षाका निम्ति आवश्यक एकरुप विचार, नीति, आचरणको अवलम्वन र उद्देश्य प्राप्ति असम्भव हुन जान्छ ।
त्यसैले, यस लेखमा हामीले पार्टी एकता किन र केका लागि गरेका हौं, अर्थात पार्टी एकताको अर्थ–औचित्य एवं उद्देश्य के हो, पार्टीको राजनीतिक प्रतिवेदनले निर्धारित गरेको वैचारिक, राजनैतिक कार्यदिशा के हो र पार्टीको संकट, समाधान र अबको कार्यभार के हो भन्ने बारेमा संक्षेपमा प्रकाश पार्ने प्रयत्न गरिनेछ ।
तसर्थ आगामी महाधिवेशनमा गर्नुपर्ने र गरिने बैचारिक बहस यस लेखको मुख्य विषय होइन । त्यसबारेमा क्रमशः गम्भीर एवं व्यापक छलफल, बहस गर्दै गइने छ । तथापि यस लेखले पार्टीको काँधमा रहेको क्रान्तिकारी कार्यभार पूरा गर्नका लागि महाधिवेशनलाई कुन दिशामा अभिमुख गराउने भन्ने विषयतर्फ पनि ध्यानाकर्षण भने गराउने नै छ ।
पार्टी एकताको लक्ष्य, उद्देश्य र मर्म
कुनै पनि परिघटना वस्तुगत र आत्मगत पक्षको कुल योग हुन्छ । वस्तुगत पक्षले मूल आधारको काम गरेको हुन्छ भने आत्मगत पक्षले सहयोगी भूमिका । हाम्रो पार्टी एकीकरणका सन्दर्भमा पनि यही सत्य हो । नेपाली समाज र नेपाली कम्युनिष्ट आन्दोलनको ऐतिहासिक वस्तुगत आवश्यकताले पार्टी एकताका निम्ति वस्तुगत आधारको काम ग¥यो भने मूल वैचारिक–राजनैतिक कार्यदिशा ९ माक्र्सवाद, कम्युनिष्ट पार्टी र समाजवाद० र तात्कालीन राजनीतिक कार्यनीति वा आचरण ९शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकार गठन, राज्यको नेतृत्व र समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण० ले आत्मगत आधार पदान गर्यो ।
नेतृत्वले यो वस्तुगत र आत्मगत पक्षलाई वोध गर्दै निर्णायक हस्तक्षेप गरी पार्टी एकतालाई व्यवहारिक रुप दिइएको थियो । यस क्रममा खास खास ब्यक्तिहरुमा निहीत ब्यक्तिगत स्वार्थहरुले भूमिका खेलेको हुन सक्छ । तर, क्रान्तिकारीहरुले यो पक्षलाई मुख्य मानेर होइन, ऐतिहासिक भौतिकवादी दृष्टिकोणबाट पार्टी एकतालाई हेर्नु र बुझ्नुपर्छ । त्यसरी हेर्दा हाम्रो पार्टी एकताको लक्ष, उद्देश्य र मर्म निम्नअनुसार भएको स्पष्ट हुन्छ ।
एक– नयाँ चरणको क्रान्तिको नेतृत्व स् क। पुष्पलाल श्रेष्ठको अगुवाइमा हाम्रा अग्रजहरुले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । प्रारम्भमा पार्टीले त्यतिबेलाको नेपाली समाज विकासको ऐतिहासिक चरणअनुरुप सामन्तवाद–साम्राज्यवाद ९ विस्तारवाद ० विरोधी जनताको जनवादी क्रान्तिलाई नेपाली सामाजिक क्रान्तिको रणनीति, जनताको जनवादलाई रणनीतिक लक्ष एवं जनताको जनवादी कार्यक्रमलाई न्यूनतम कार्यक्रमका रुपमा र समाजवादलाई अधिकतम कार्यक्रमको रुपमा निर्धारित गरेको थियो ।
अन्ततः साम्यवादको दिशामा जाने ध्येय उद्देश्य पनि स्पष्ट थियो । सामान्यतः क्रान्तिको रणनीति र कार्यक्रम प्रारम्भदेखि नै आधारभुत रुपले सही थियो । तर, ने। क। पा। को स्थापना हुनुभन्दा पहिलेदेखि नै अघि बढ्न थालेको सामन्तवाद र सामन्ती निरंकुशतन्त्र विरुद्धको लोकतान्त्रिक संघर्षको नेतृत्व शुरुमा स्वाभाविकरुपमा कम्युनिष्ट पार्टीको हातमा थिएन । त्यसको नेतृत्व नेपाली पुँजीपति वर्गको मूल प्रतिनिधि शक्ति नेपाली कांग्रेसले गर्यो ।
साम्राज्यवादले विश्व एकाधिकार पुँजीवादको चरित्र ग्रहण गरिसकेको र विश्वमा श्रमजीवी वर्गीय शक्तिहरुको नेतृत्वमा जनवादी, समाजवादी क्रान्तिले व्यवहारिक रुप लिइसकेको अवस्थामा पुँजीपति वर्गको नेतृत्वमा सामन्तवादविरोधी लोकतान्त्रिक क्रान्तिको पूर्ण सफलता सम्भव नहुने आम प्रवृत्ति विकास भइसकेको थियो । तसर्थ नेपाली पुँजीपति वर्ग र त्यसको मूल प्रतिनिधि शक्ति नेपाली कांग्रेसको नेतृत्वमा सामन्तवादविरोधी लोकतान्त्रिक संघर्ष पटक– पटक सम्झौतामा टुङ्गियो र नेपाली क्रान्तिले पूर्णता प्राप्त गर्न सकेन । नेपालको शोषित पीडित सर्वहारा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट शक्तिको नेतृत्वमा मात्र त्यो सम्भव थियो र भयो ।
विसं. २००६ सालमा स्थापना भएको पार्टीले विभिन्न कालखण्डमा वैचारिक राजनीतिक लाइन संघर्ष, टुटफुट, पुनर्गठन मोर्चा निर्माण, संघर्षका सशस्त्र र शान्तिपूर्ण विभिन्न रुपहरुको प्रयोग गर्दै र पुँजीपति वर्गसँग पनि संयुक्त मोर्चा गर्दै अन्ततः सामन्तवाद विरोधी नेपाली लोकतान्त्रिक क्रान्तिलाई आफ्नै मौलिकतामा पूर्णता दिने कार्यको नेतृत्व गर्न सफल भयो । यसरी कम्युनिष्ट शक्तिको नेतृत्वमा नेपाली समाजले पुँजीवादी जनवादी क्रान्ति वा लोकतान्त्रिक क्रान्तिको एक ऐतिहासिक चरण पार गर्यो ।
त्यसको परिणामस्वरुप राजनीतिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र र सामाजिक क्रान्तिको सारतत्वको हिसाबले संविधानतः समाजवादउन्मुख समावेशी लोकतन्त्र स्थापना भएको छ । जसलाई हाम्रो पार्टीले एक प्रकारको जनताको जनवादका रुपमा, समाजवाद उन्मुख जनताको जनवादका रुपमा प्रस्तुत गरेको छ ।
तर, कम्युनिष्ट क्रान्तिकारीहरुको लक्ष्य र उद्देश्य जनवादी क्रान्ति सम्पन्न गर्नु मात्र होइन । बरु, जनवादी क्रान्ति वा लोकतान्त्रिक क्रान्ति सम्पन्न भइसकेपछिको नयाँ ऐतिहासिक चरणमा पनि क्रान्ति प्रकृयालाई अघि बढाउनु पर्दछ । जनवादी क्रान्तिका राजनीतिक उपलब्धिहरुलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै अन्ततः पुँजीवाद विरोधी समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्दछ । यसको नेतृत्व नेपाली कम्युनिष्ट शक्तिले मात्र गर्न सक्दछ । उनीहरुले यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नै पर्दछ ।
स्पष्ट छ, मूलतः शान्तिपूर्ण प्रतिस्पर्धाबाट निर्वाचनमार्फत सरकार गठन गरी राज्यको नेतृत्व गर्दै क्रान्ति प्रकृयालाई अघि बढाउने अबको क्रान्तिपथका सन्दर्भमा पार्टी एकता नै अनिवार्य थियो । किनकि सडक संघर्षलाई मुख्य बनाउँदै गरिने संयुक्त मोर्चाबाट मात्र त्यो सम्भव हुँदैन । त्यसैले नेपाली कम्युनिष्टहरुको एउटै केन्द्र निर्माण गरी नयाँ ऐतिहासिक चरणको क्रान्तिको नेतृत्व गर्नु नै हाम्रो पार्टी एकताको मूलभूत लक्ष्य हो ।
राज्य, समाज र क्रान्ति प्रकृया अर्थात अग्रगामी सामाजिक – आर्थिक रुपान्तरण प्रकृयाको नेतृत्व कम्युनिष्ट शक्तिकै हातमा निरन्तर राखिराख्न र आजको नयाँ ऐतिहासिक चरणमा क्रान्तिको नेतृत्व संकट ९ लिडरशिप क्राइसिस ० उत्पन्न हुन नदिन पार्टी एकता गरिएको हो । अन्यथा राज्यको वैधानिक नेतृत्व पुँजीपति वर्गको हातमा जान सक्दथ्यो । जसको परिणामस्वरुप लोकतान्त्रिक क्रान्तिका उपलब्धिहरुलाई सामाजिक–आर्थिक क्षेत्रमा विस्तारित गर्ने र शान्तिपूर्ण ढंगबाट समाजवाद निर्माणको कार्यमा अघि बढ्ने प्रकृया अवरुद्ध हुन जान्थ्यो र नेपाली समाज संविधान विपरीत परम्परागत संसदीय गणतन्त्र एवं पुँजीवादमा जकडिने खतरा टडकारो हुने थियो ।
दुई– विचारधारात्मक एवं राजनीतिक कार्यदिशाको विकास स् आजको नयाँ ऐतिहासिक चरणमा नेपाली समाज र क्रान्तिको नेतृत्व गर्न कम्युनिष्ट शक्तिहरुले २००६ सालमा पार्टी स्थापना गर्दा तय गरिएको त्यसबेलाको नेपाली क्रान्तिको कार्यदिशाबाट सम्भव हुन सक्दैन भन्ने स्पष्ट नै छ । २००६ सालदेखि नै मूलभूतरुपमा तय गरिएको सामन्तवाद–साम्राज्यवादविरोधी जनवादी क्रान्ति ९ नयाँ जनवादी क्रान्ति, जनताको जनवादी क्रान्ति वा जनताको बहुदलीय जनवादी क्रान्ति ० को कार्यदिशा कार्यान्वयन भइसकेको छ । अबको क्रान्तिकारी कार्यभार पूरा गर्न नेपाली क्रान्तिको नयाँ कार्यदिशाको आवश्यकता छ ।
नेपाली कम्युनिष्टहरुले नयाँ विचारधारात्मक नयाँ राजनीतिक कार्यदिशाको विकास गरेर मात्र अबको क्रान्तिको नेतृत्व गर्न सक्नेछ । नेपालका सबै कम्युनिष्टहरुले एउटै केन्द्र निर्माण गरी अहिलेसम्मका आ–आफ्ना अनुभव, सोचको मन्थन र थप अध्ययन, छलफलको सामुहिक प्रयत्नद्वारा मात्र त्यस्तो नयाँ कार्यदिशाको संश्लेषण र विकास गर्न सकिने छ । त्यसैले हाम्रो पार्टी एकताले सामुहिक अध्ययन, छलफल र संश्लेशणद्वारा आजको नयाँ ऐतिहासिक चरणको क्रान्तिको नेतृत्व गर्न आवश्यक नयाँ विचारधारात्मक एवं राजनीतिक कार्यदिशाको विकास गर्ने लक्षलाई पनि केन्द्रमा राखेको छ ।
हाम्रा तत्कालीन पार्टीहरु एकीकरण गरी एकीकृत नेपाल कम्युनिष्ट पार्टी गठन गर्दा हामीले हाम्रा तात्कालीन पार्टीहरुका पछिल्ला महाधिवेशनहरुले तय गरेका कार्यदिशाको साझा अन्तर्वस्तु र तत्कालको आवश्यकताले माग गरे अनुसारको संक्षिप्त छलफलमा आधारित भई अन्तरिम विचारधारात्मक एवं राजनीतिक कार्यदिशा निर्धारित गरेका छौँ । जसलाई राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएको छ । उक्त कार्यदिशाले अन्तरिमकालमा पार्टीलाई दिशानिर्देशन गर्नेछ । तर, स्पष्ट छ, नेपाली क्रान्तिको कार्यदिशाले अपेक्षा गरेको स्पष्टता एवं पूर्णता त्यसमा छैन । पार्टीको राष्ट्रिय एकता महाधिवेशनबाट आजको आवश्यकताअनुसारको नेपाली क्रान्तिको कार्यदिशाको संश्लेशण र विकास गरिनेछ ।
तीन– आर्थिक विकास, समृद्धि र समाजवाद स् हाम्रो कार्यदिशाले दुई कार्यभारलाई केन्द्रमा राखेको छ, एक– समाजवादउन्मुख सामाजिक आर्थिक रुपान्तरण वा सामाजिक न्यायसहितको समृद्धिको तात्कालिक कार्यनीतिक लक्ष र दोस्रो– समाजवाद स्थापनाको रणनीतिक लक्ष । हाम्रो पार्टी एकताले यी दुई लक्ष प्राप्तिलाई अभिष्ट बनाएको छ । ६ दशकभन्दा बढी अवधिको वलिदानपूर्ण संघर्षको परिणामस्वरुप प्राप्त ऐतिहासिक राजनीतिक परिवर्तनबाट राष्ट्रिय सार्वभौमिकता एवं स्वाधीनताको रक्षा र राष्ट्रिय एकताको सुुदृढीकरण गर्दै आम जनसमुदायको जीवनमा तात्विक परिवर्तन ल्याउने गरी समृद्धि हासिल गर्ने स्वभाविक अपेक्षा गरिएको छ ।
त्यसका लागि राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गरी शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यान्न तथा आवासजस्ता आधारभूत आवश्यकता पूरा गर्नु र संविधान, कानून तथा नियमअनुसार हुनुपर्ने राज्यको कामका लागि पनि घुस दिनुपर्ने वा भनसुन गर्नुपर्ने स्थितिको अन्त्य गर्नु आवश्यक छ, ता कि आम जनताले आफ्नो पोल्टा र काखमा नै परिवर्तनको प्रत्यक्ष अनुभूति गर्न सकुन् ।
त्यसो गर्न नसकिएमा आम जनसमुदायका वीचमा राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुन सक्ने छैन । पार्टी एकता नगरी त्यस्तो समाजवाद उन्मुख समृद्धिको लक्ष पूरा गर्न सम्भव थिएन र छैन । त्यसका साथ साथै के पनि स्पष्ट छ भने हामी कम्युनिष्ट हौं र कम्युनिष्ट शक्तिका लागि तात्कालिक रुपमा सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य हासिल गर्नु मात्र पर्याप्त हुँदैन। हामीले समाजवाद निर्माणको लक्षलाई पनि केन्द्रमा राख्नु पर्दछ, समाजवादको आधार तयार गर्नु पर्दछ र समाजवाद स्थापना गर्नुपर्दछ । यी दुई एक अर्कासँग घनिष्टरुपमा अन्तरसम्बन्धित तात्कालिक र रणनीतिक लक्ष पूरा गर्न पार्टी एकता अनिवार्य थियो । त्यसका लागि पार्टी एकता गरिएको हो ।
चार– क्रान्तिको नयाँ मोडेलको प्रयोगको सफलता स् नेपाली समाजको नयाँ ऐतिहासिक चरणको क्रान्तिको नेतृत्व गर्ने, त्यसका लागि आवश्यक विचारधारात्मक एवं राजनीतिक कार्यदिशाको संश्लेशण एवं विकास गर्ने र कार्यदिशामा आधारित भएर आर्थिक विकास– समृद्धि हासिल गर्ने एवं समाजवाद निर्माण गर्ने लक्ष लिएको पार्टी एकताको सारभूत उद्देश्य वर्तमान विश्व परिस्थितिमा नेपालमा मौलिक ढंगले अघि बढिरहेको नयाँ मोडेलको क्रान्तिको प्रयोगलाई सफल पार्नु हो ।
आजको नयाँ विश्व परिवेश, अन्तरराष्ट्रिय कम्युनिष्ट आन्दोलनको समीक्षा तथा शिक्षा र विशिष्ट भूराजनैतिक परिस्थितिसहितको नेपाल र नेपालको लोकतान्त्रिक संघर्षका मौलिक विशेषताहरुलाई ध्यान दिँदै हामी नेपाली कम्युनिष्टहरुले माक्र्सवाद– लेनिनवादको सार्वभौम सत्यलाई नेपाली विशिष्टतामा सिर्जनात्मक ढंगले लागु गर्न सक्षम भएकै कारण नेपाली समाज, नेपाली क्रान्ति र नेपाली लोकतन्त्र उपलब्धिको आजको यो विन्दुमा आइपुगेको हो । हामीले माक्र्सवाद, कम्युनिष्ट पार्टी र क्रान्ति नै परित्याग गर्ने दक्षिणपन्थी विसर्जनवाद र क्रान्तिको शुद्धतावाद तथा यान्त्रिक अन्धानुकरणको जडसुत्रवादबाट नेपाली कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलनलाई बचाउँदै आजसम्मको सफलता हासिल गरेका हौं ।
नेपाली कम्युनिष्टहरुले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका मुद्दाहरुमा निरन्तर संघर्ष गर्दै, संघर्षका शान्तिपूर्ण, संसदीय र सशस्त्र रुपहरुको अभ्यास तथा संयोजन गर्दै, त्यसक्रममा आफ्नो नेतृत्वदायी भूमिका स्थापित गर्दै, नेपाली पूँजीपति वर्गीय शक्तिसँग पनि संयुक्तमोर्चा बनाउँदै, जनयुद्धसँगको संयोजनमा संयुक्त जनआन्दोलन, शान्ति प्रकृया, संविधान सभा, संबिधान निर्माण प्रकृया हुँदै बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र एवं समाजवाद उन्मुख समावेशी लोकतन्त्रको स्थापना गरेर जनवादी वा लोकतान्त्रिक क्रान्ति सम्पन्न गर्ने कार्यमा महत्वपूर्ण भुमिका खेलेका छन् । अब यसको रक्षा, सकारात्मक अभ्यास एवं विकास गर्दै नयाँ ऐतिहासिक चरणको नेपाली क्रान्ति प्रकृयालाई नेतृत्व गर्दै अगाडि बढ्नु परेको छ ।
कम्युनिष्ट पार्टी वा सर्वहारा श्रमजीवी वर्गको नेतृत्वमा यसअघि रुस, चीन, कोरिया, भियतनाम, क्युबा लगायत विश्वका विभिन्न मुलुकहरुमा सम्पन्न जनताको जनवादी वा समाजवादी क्रान्ति सशस्त्र संघर्ष वा निर्णयक बल प्रयोगबाट भएका थिए । पुरानो राज्यसत्ताको पूर्ण ध्वंशसँगै नयाँ राज्यसत्ता निर्माण गरी सम्पन्न भएका थिए । निर्वाचन प्रकृयामार्फत अघि बढाउन खोजिएका एकाध क्रान्ति प्रयत्नहरु सैनिक ‘कु’ को शिकार भई असफल भए ।
नेपालमा सामन्तवाद एवं सामन्ती निरंकुशतन्त्रविरोधी लोकतान्त्रिक क्रान्ति एक्लो सशस्त्र संघर्ष वा शान्तिपूर्ण जनआन्दोलन वा शान्तिपूर्ण प्रतिस्पर्धाबाट मात्र सम्पन्न भएको नभएर संघर्षका दुबै रुपहरुको संयोजन र शान्ति प्रकृयामार्फत सम्पन्न गरिएको हो । त्यसैले हाम्रो क्रान्तिको बाटो विश्वमा यसअघिका प्रयोगहरु भन्दा भिन्न र हामीले स्थापित गरेको लोकतन्त्र पनि परम्परागत संसदीय गणतन्त्र वा परम्परागत नयाँ जनवादभन्दा भिन्न रहेको छ ।
यो परम्परागत संसदीय गणतन्त्रभन्दा उन्नत आफ्नै मौलिकतासहितको समाजवाद उन्मुख जनताको जनवाद हो । त्यसैले कम्युनिष्ट शक्तिको नेतृत्वमा सम्पन्न नेपाली लोकतान्त्रिक क्रान्ति क्रान्तिको बाटो र र चरित्र दुबै हिसाबले मौलिक रहेको छ ।
यसअघि विभिन्न मुलुकहरुमा स्थापित समाजवादी सत्ता र समाजवाद सशस्त्र संघर्षको निर्णायक भूमिकामार्फत सम्पन्न भएका हुन् । र, अहिले बाँकी रहेका समाजवादी मुलुकहरु त्यसैको निरन्तरतामा आएका हुन् । हामी भने अहिले शान्तिपूर्ण बाटोबाट, मूलतः शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद निर्माण गर्ने बाटो अवलम्वन गरिरहेका छौं र दृढ आत्मविश्वासका साथ त्यसलाई सफल पार्न प्रयत्नरत छौं ।
त्यसका साथै यसअघि स्थापित सोभियत संघलगायतका समाजवादी मुलुकहरुमा व्यवहारिकरुपमा सत्तासीन कम्युनिष्ट वा मजदुर पार्टीबाहेक प्रतिस्पर्धात्मक स्वतन्त्रतासहित अन्य पार्टीहरु क्रियाशील हुन नपाएको स्थिति रहेकोमा अब हामीले निर्माण गर्ने समाजवाद बहुदलीय प्रतिस्पर्धात्मक स्वतन्त्रतासहितको लोकतान्त्रिक अभ्यासको सुनिश्चिततायुक्त हुनेछ ।
त्यसैले अब शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट समाजवादी क्रान्ति सम्पन्न गर्ने वा समाजवाद निर्माण गर्ने बाटो अवलम्वन गरिनेछ र अबको हाम्रो समाजवाद सोभियत संघलगायतका देशहरुमा भएका गतकालका प्रयोगहरुमा देखिएको जनवाद वा लोकतन्त्रको अभ्यासमा भएका कमजोरीहरुलाई सच्याउँदै बहुदलीय प्रतिस्पर्धात्मक स्वतन्त्रतासहितको लोकतान्त्रिक अन्तरवस्तु सुनिश्चित गरिएको समाजवाद हुनेछ ।
यो क्रान्तिको बाटो र समाजवादको मोडेल दुबै हिसाबले मौलिक र नयाँ रहने छ । हामी नेपालमा आफ्नै मौलिकता सहितको २१ औँ शताब्दी अनुरुपको नयाँ मोडेलको समाजवादी क्रान्तिको प्रयोगको प्रकृयाबाट अघि बढिरहेका छौं । हाम्रो पार्टी एकता र एकीकृत पार्टी निर्माणको उद्देश्य यसैलाई सफल बनाउनु हो ।
विश्वीकरण ९ग्लोबलाइजेसन० सहितको साम्राज्यवादको पछिल्लो स्वरुपको आजको परिवेशमा भेनेजुएला, निकारागुवा र बोलिभिया जस्ता मुलुकहरुमा पनि शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट त्यहाँका कम्युनिष्ट वा पुँजीवादविरोधी समाजवादी शक्तिहरुले समाजवाद निर्माणको प्रकृयालाई अघि बढाउने प्रयत्न गरिरहेका छन् । विश्वभरमा देखिएका यी एकाध प्रयत्नहरुमा पनि निकारागुवामा दक्षिणपन्थीकरण तिब्रतामा छ ।
भेनेजुएलामा कम्युनिष्ट पार्टीको नेतृत्वमा नभएर समाजवादी पार्टीको नेतृत्वमा समाजवाद निर्माणको संघर्ष बढाइँदैछ । बोलिभियामा पनि गैरकम्युनिष्ट समाजवादी पार्टीको नेतृत्वमा उतार–चढाव र अवरोधका वीचमा अघि बढ्ने कोशिश हुँदैछ । त्यसैले नेपालमा कम्युनिष्ट पार्टीकै नेतृत्वमा भइरहेको २१ औँ शताब्दीअनुरुपको समाजवादी क्रान्तिको नयाँ मोडेलको यो प्रयोगले विशेष महत्व राख्छ ।
विश्वका दुबै प्रकारका शक्तिहरुले आ–आफ्नो दृष्टिकोण, अपेक्षा, चासो र चिन्ताका साथ नेपालमा भइरहेको क्रान्तिको यो प्रयोगलाई गम्भीरतापूर्वक हेरिरहेका छन् । विश्वभरका कम्युनिष्ट, वामपन्थी, प्रगतिशील र पुँजीवाद विरोधी समाजवादी शक्तिहरुले नेपालमा कम्युनिष्ट शक्तिको नेतृत्वमा भएको जनवादी क्रान्ति तथा यसका उपलब्धिहरु, समाजवाद निर्माण गर्ने बैधानिक आधार सहितको संविधान, शान्तिपूर्ण निर्वाचनमार्फत कम्युनिष्ट सरकारको गठन एंव राज्यको नेतृत्व र समाजवाद निर्माणको दिशामा जाने घोषणालाई आशा एवं उत्साहका साथ हेरिरहेका छन् ।
नेपालको यो प्रयोगले सफलता प्राप्त गर्न सकेमा विश्वभरका कम्युनिष्ट तथा क्रान्तिकारी समाजवादी आन्दोलनका लागि निश्चय नै महत्वपूर्ण सन्दर्भ श्रोत, शिक्षा र प्रेरणा हुनेछ । तर, उनीहरुमा यो सकारात्मक एवं आशावादी सोचका साथै अर्को चिन्ता पनि देखिन्छ, कहीँ नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन यस क्रममा पुँजीवादमा नै सहवरित र समाहित हुने त होइन ?
त्यसैगरी विश्वका साम्राज्यवादी, पूँजीवादी प्रतिकृयावादी शक्तिहरुले पनि नेपालमा भइरहेको कम्युनिष्ट नेतृत्वको परिवर्तनको प्रकृयालाई नजिकबाट नियाल्ने काम गरिरहेका छन् । उनीहरु एकातिर नेपालको कम्युनिष्ट शक्तिहरु यस क्रममा क्रान्तिकारी सारतत्व परित्याग गरी पुँजीवादीकरण हुने अपेक्षा एवं आशा गरिरहेका छन् । उनीहरु त्यसका निम्ति आफ्नो तर्फबाट के–कस्ता प्रकारका दवाब सिर्जना गर्न र भूमिका खेल्न सकिन्छ भनेर सचेत प्रयत्न पनि गरिरहेका छन् ।
अर्कोतिर, विश्वका प्रतिक्रियावादी शक्तिहरुमा कहीँ नेपाली कम्युनिष्टहरु क्रान्ति निष्ठा कायम गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोबाट साँच्चै पुँजीवादविरोधी समाजवाद ९ पुँजीवादभित्रबाट लगाउने गरिएको तथाकथित समाजवादको सीमा बाहिर० निर्माणको दिशातर्फ अघि बढेर सफलता प्राप्त गर्ने त होइनन् भन्ने चिन्ता पनि त्यत्तिकै देखिन्छ । यो स्थितिमा हामी नेपाली कम्युनिष्टहरुका सामु, मुख्यतः हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीका सामु, पुँजीवादी विचलनबाट बच्दै नेतृत्व कुशलताका साथ नयाँ मोडेलको क्रान्तिको हाम्रो मौलिक प्रयोगलाई सफल पार्नुपर्ने ऐतिहासिक जिम्मेवारी छ । अन्तिम निष्कर्षमा हाम्रो पार्टी एकता र एकीकृत पार्टी निर्माणको उद्देश्य यही हो ।
तसर्थ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव क। पुष्पलाल श्रेष्ठको अगुवाइमा हाम्रा अग्रजहरुले २००६ सालमा पार्टी स्थापना गरेर महान ऐतिहासिक कार्य गर्नु भएजस्तै २०७५ सालमा हामीले गरेको पार्टी एकता नेपाली कम्युनिष्ट आन्दोलनको अर्को ऐतिहासिक महत्वको कोशेढुङ्गा हो । यो पार्टी एकता गत ऐतिहासिक चरणको क्रान्ति सम्पन्न गरिसकेपछि नयाँ ऐतिहासिक चरणको क्रान्तिको कार्यभारलाई पूरा गर्ने गरी क्रान्तिको नेतृत्व गर्न नेपालका सबै कम्युनिष्टहरुलाई एउटै केन्द्रमा ल्याउन गरिएको पार्टी पुनर्गठनको ऐतिहासिक पहल हो ।
यो ऐतिहसिक पहललाई सफल पार्न पार्टी एकताको उपरोक्त लक्ष, उद्देश्य र मर्मलाई आत्मसात गर्नु पहिलो शर्त हो । त्यसो भएमा मात्र पार्टीलाई एकीकृत, क्रान्तिकारी, गतिशील एवं शक्तिशाली पार्टी बनाउन सकिने छ । सरकारलाई सफल बनाई समाजवादउन्मुख समृद्धि हासिल गर्दै समाजवादको आधार तयार पार्न तथा समाजवाद निर्माणको प्रकृयामा व्यवस्थितरुपमा अघि बढ्न सम्भव हुनेछ ।
पार्टी एकतालाई यसरुपमा लिइएन भने पार्टी एकताका बारेमा गलत बुझाइ हावी हुन जानेछ र हाम्रो पार्टी एकता बहुदलीय प्रतिस्पर्धामा नेपाली काङ्ग्रेसलाई चुनावमा पराजित गरी सरकार बनाउने तथा सत्ता भोग गर्ने उद्देश्य एवं आचरणमा सीमित हुन जानेछ । वर्तमान राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्न, सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न र समाजवादको आधार तयार पार्न हाम्रो पार्टीले शान्तिपूर्ण प्रतिस्पर्धामा नेपाली काङ्ग्रेसलाई पराजित गर्नैपर्छ ।
राज्यको वैधानिक नेतृत्व लिनैपर्छ । तर, यस सन्दर्भमा के कुरालाई गम्भीरतापूर्वक ध्यान दिनु पर्दछ भने हाम्रो पार्टीको विजय सारतत्वमा पुँजिपति वर्गमाथि सर्वहारा श्रमजीवि वर्ग तथा आम जनसमुदायको हितको प्रतिनिधित्व गर्ने क्रान्तिकारी शक्तिको विजय हुनुपर्दछ । स्पष्ट छ, गत निर्वाचनमा जनताले हाम्रो पार्टीलाई यस अर्थमा नै विजयी गराएका हुन् । अन्यथा, नेपाली काङ्ग्रेसमाथिको हाम्रो विजय पुँजीवादी प्रतिस्पर्धामा एउटा पुँजीपति वर्गको पार्टीले खास–खास अवधिमा अर्को पुँजीपति वर्गको पार्टीमाथि गरेको विजय मात्र हुन जाने खतरा उत्पन्न हुन सक्नेछ ।
त्यस अवस्थामा माक्र्सवाद–लेनिनवाद, कम्युनिष्ट पार्टी र समाजवाद ट्रेडमार्क मात्र बन्नेछ र निर्वाचनमा हाम्रो पार्टीको विजय सुनिश्चित हुनेछैन । त्यतिमात्र होइन, हाम्रो विजय वा पराजय र हामी सरकारमा हुनु वा नहुनुको कुनै तात्विक अर्थ पनि हुनेछैन । त्यसबेला हाम्रो पार्टी एकता र एकीकृत पार्टी निर्माणको अर्थ र औचित्य समाप्त हुनेछ ।
पार्टी एकताको रक्षा स् हाम्रो र देशको भविश्य
तसर्थ हामीले पार्टी एकतालाई उपरोक्त क्रान्तिकारी दृष्टिबिन्दुका आधारमा बुझ्नु र तदनुरुप आचरण गर्नु अनिवार्य छ । त्यसले हामीलाई पार्टी एकताको रक्षा र सुदृढीकरण गर्दै क्रान्तिकारी दिशामा अघि बढाउनेछ र हामी इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न सफल हुनेछौं ।
पार्टी एकताको रक्षामा केन्द्रित आजको आम चिन्तालाई सम्बोधन गर्ने हो भने पार्टी एकताको उपरोक्त उद्देश्य र मर्मलाई आत्मसात गर्नैपर्ने हुन्छ । अन्यथा पार्टी एकताको रक्षा नै निरर्थक र औचित्यहीन बन्न जानेछ ।
पार्टी एकताको रक्षा नै किन गर्ने भन्ने प्रश्न खडा हुन जानेछ । हामीले किमार्थ त्यस्तो अवस्था उत्पन्न हुन दिनुहुँदैन । हरहालतमा पार्टी एकताको रक्षा गर्नुपर्दछ र पार्टी एकताले क्रान्तिकारी उद्देश्यको सेवा गर्नुपर्दछ । यसैमा हाम्रो र नेपालको भविष्य छ ।
[अनलाईनखबरबाट]