दोलखामा थप ५ पुरुष र २ जना महिलालाई कोरोना संक्रमण पुष्टि
चरिकोट - दोलखामा थप ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक पठाईएको स्वाब मध्ये ५ जना पुरुष र २ जना महिलाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।
यही मंसिर १० गते सदरमुकाम चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रबाट ३५ जनाको स्वाव संकलन गरी परीक्षणका लागि धुलिखेल अस्पताल पठाईएको थियो । जसमध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०७७ १८:३१
प्रतिक्रिया दिनुहोस्