मानन्धर संचारमन्त्रीको प्रेस सल्लाहाकारमा नियुक्त
चरिकोट - अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ दोलखा शाखाका पुर्व अध्यक्ष राजेन्द्र मानन्धर संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रेस सल्लाहाकारमा नियुक्त भएका छन् ।
आईतवार बसेको मन्त्री परिषदको बैठकले मानन्धरलाई विशिष्ट श्रेणीको सुविधासहित उक्त जिम्मेवारीमा नियुक्त गरेको हो । दोलखा जिल्ला निवासि मानन्धर कान्तिपुर दैनिकका उप सम्पादक र दोलखा संवाददाता हुन् ।
उनी तीन दशकदेखि छापा, विद्युतीय र अनलाईन पत्रकारितामा क्रियाशिल छन् । मानन्धरले दोलखा जिल्लाकै जेठो गौरीशंकर क्याम्पसको संचालक समितिको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७ २०:११
प्रतिक्रिया दिनुहोस्