Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखा घर भएकी ३९ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु

काठमाण्डौं - कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण देशभर थप २७ जनाको मृत्यु भएको छ । जसमा एक जना दोलखा घर भएकी महिला रहेकी छन् । ३९ वर्षीया महिलाको बिहीबार राती मृत्यु भएको हो ।

उनी श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएकी थिईन् । उनलाई कात्तिक २४ गतेनै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनको जिल्लाबाहिरै संक्रमण देखिएर मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कास्कीका ६, काठमाडौंका ५, कैलाली, भक्तपुर र भारतका २ र २, झापा, सुनसरी, सप्तरी, काभ्रे, दोलखा, नुवाकोट, तनहुँ, रुपन्देही, गुल्मी र पाल्पाका १ १ जनाको मृत्यु भएको छ ।

यसैबीच दोलखामा शुक्रवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, भीमेश्वर नगरपालिकाकै अन्य ४ जना पुरुष, विगु गाउँपालिकाका ३ जना र कालिञ्चोक गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रबाट १२ जना र दोलखा अस्पतालबाट २० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  २२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update