काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मिडिया संचालक र श्रमजीवी पत्रकारबीचको समस्या समाधान गर्ने बताएका छन् । सबै सञ्चार गृहहरुमा न्यूनतम पारिश्रमिक लागू गराउने भन्दै उनले पत्रकारहरुपनि जिम्मेवार बन्नुपर्ने बताए ।
मिडिया सञ्चालकहरु न्यूनतम पारिश्रमिक लागू गराउन सकारात्मक छन्, मन्त्री गुरुङले भने, श्रमजीवी पत्रकारहरुले पनि आचारसंहिता अनुसार आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने आवश्यकता छ ।
नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हक हित प्रवर्द्धन तथा संरक्षण समितिका पदाधिकरीहरुसँगको भेटमा मन्त्री गुरुङले आमसंचारमाध्यम र श्रमजीवीहरुका समस्या समाधानमा गम्भिरतापुर्वक लिएको बताए ।
मन्त्रालयको जिम्मेवारीमा आएदेखि नै यो समस्या समाधानका लागि काम गरिरहेको छु, उनले भने । कोभिड—१९ बाट संक्रमित सञ्चारकर्मीहरुको निस्शुल्क र प्राथमिकताका साथ उपचार गराउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।