Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा मंसिर २८ देखि सुरु हुने

कात्तिक २५, काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले स्थागित परीक्षाहरु २८ मंसिरदेखि सुचारु गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षाहरु स्थगित थियो ।

त्रिवि, परीक्षा नियन्त्रण कार्यालयका अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन हुनेछ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान ८ देखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरुका अनुसार चौथो वर्षको फर्म छुटेका विद्यार्थीले दोब्बर दस्तुर तिरेर ८ मंसिरभित्र फर्म भरिसक्नु पर्नेछ । सबै परीक्षा १४ पुसमा सक्ने तालिका छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update