Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नवनिर्वाचित अमेरिकी राष्ट्रपति वाईडेनले भने : भोट दिने/नदिने सबैको राष्ट्रपति हुं,

न्युयोर्क — अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफु भोट हाल्ने वा नहाल्ने सम्पूर्ण अमेरिकीको साझा राष्टपति हुने बताएका छन् । एकता र सहकार्यमा जोड दिँदै उनले तिक्तता र प्रतिस्पर्धीलाई दुश्मन ठान्न नहुने बताए । राष्ट्रपतिमा निर्वाचिन भएपछि मतदाताहरुलाई सम्बोधन गर्दै उनले आफूले भोट दिने वा नदिनेहरु सबै समान रहेको बताए ।

सोही अनुसार सबैको लागि उत्तिकै मेहनतका साथ काम गर्ने प्रतिबद्धता पनि उनले जनाए । सबैलाई साथमा लिएर अघि बढ्ने उनको भनाई छ । रिपब्लिकन र डेमोक्रेटको रुपमा अमेरिका बिभाजित नहुने बताउँदै उनले भने, ‘म अमेरिकाको राष्ट्रपति हुँ । सबैलाई साथमा लिएर अघि बढ्ने छु । हामी सबै मिलेर काम गर्ने छौं ।’

बाइडनले आफ्नो पहिलो काम कोरोना महामारी नियन्त्रण भएको भन्दै त्यसको योजना पनि सार्वजानिक गरेका छन् । डेमोक्य्राटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । मतगणना जारी रहेको भए पनि मत अन्तरका कारण बाइडेनलाई अमेरिकी सञ्चारमाध्यमले विजयी घोषणा गरेका हुन् ।

मतगणना भइरहेको पेन्सल्भेनिया राज्यको २० इलेक्टोरल मत बाइडेनको पक्षमा परेसँगै २ सय ७३ इलेक्टोरल भोट पुगेर उनी विजयी भएको सीएनएनले जनाएको छ । बाइडेन यसअघि बाराक ओबामा प्रशासनमा उपराष्ट्रपति थिए । उनी डेलावेयरबाट लामो समय सिनेटरसमेत निर्वाचित हुँदै आएका थिए । बाइडेनले जनवरी २० मा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन् ।

पछिल्लो मतपरिणामअनुसार जो बाइडेनले नेभादामा पनि जित्ने भएका छन् । सीएनएनले ६ इलेक्टोरल भोट रहेको नेभादामा बाइडेनले नै जित्ने प्रक्षेपण गरेको छ । अहिले नर्थ क्यारोलाइना, जोर्जिया, एरिजोना र अलास्कामा मतगणना भइरहेको छ ।

१५ इलेक्टोरल भोट रहेको नर्थ क्यारोलाइना र ३ इलेक्टोरल भोट रहेको अलास्कामा ट्रम्प अगाडि छन् भने १६ इलेक्टोरल भोट रहेको जर्जिया र ११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेन अगाडि छन् । यहीअनुसार अन्तिम नतिजा आए बाइडेनले ३०६ इलेक्टोरल भोट पाउनेछन् भने ट्रम्पले २३२ इलेक्टोरल भोट पाउनेछन् ।

 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  ०९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update