Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प पराजय नजिक

काठमाडौं - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प हार नजिक पुगेका छन् । उनलाई डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले पराजित गर्न लागेका हुन् । अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाएको द न्यूयोर्क टाईम्सले जनाएको छ ।

यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा पनि वाईडनले महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका छन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्प विजयी भएका थिए ।

न्यूयोर्क टाईम्सका अनुसार अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडनले एरिजोना र नोभाडामा अग्रता लिएका छन् । उनको जितका लागि अग्रता लिएका दुई राज्यमा मात्र विजय भए पुग्छ । यी दुई राज्यमा विजय प्राप्त गरे वाईडन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

अर्का उम्मेदवार ट्रम्पले अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । पेन्सिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यमा उनले अग्रता लिएका छन् ।

पराजय नजिक पुगेपछि ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा मतगणना रोक्न माग गर्दै अदालत पुगेका छन् । यी राज्यको मतदानमा ‘धोकाधडी’ भएको उनको दाबी छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update