दोलखामा कारोना फैलिँदै, ३१ जना नयाँ संक्रमित थपिए
चरिकोट – दोलखामा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेता, व्यवसायी देखि सर्वसाधरणसम्मलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
कात्तिक ८ गते जिल्लाबाट ६५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा ३१ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसमा ४ जनाको दोस्रोपटकको रिपोर्टपनि पोजेटिभ आएको हो ।
संक्रमित हुनेमा नेपाली कांग्रेस दोलखाका सचिव सन्तोष रिमाल, दोलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमाल पनि छन् । सुरुमा उनीहरुको आमालाई कोरोना संक्रमण पुष्टि भएको थियो । ३१ जना संक्रमित मध्ये अधिकांश भीमेश्वर नगरपालिका वडा नम्बर ३ का रहेको बताईएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७ १७:३९
प्रतिक्रिया दिनुहोस्