दोलखामा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि
चरिकोट - दोलखामा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भिमेश्वर नगरपालिका, मेलुंग, कालिञ्चोक र बैतेश्वर गाउँपालिकाका १३ जनामा संक्रमण पुष्टि भएको हो ।
जिल्लाबाट ४३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा १३ जनाको पोजेटिभ र बाँकी सबैको नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । जसमा ८ जना पुरुष र ५ जना महिला रहेका छन् । भिमेश्वर नगरपालिकाका ३ जना महिला, राष्टिय पुर्ननिर्माण प्राधिकरणका ३ जना कर्मचारी र बाँकी गाउँपालिकाका नागरिकमा संक्रमण देखिएको हो ।
पछिल्लो विवरणसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या १७ पुगेको छ । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार जिल्लाका ७९ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७ १९:३२
प्रतिक्रिया दिनुहोस्