Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
नेकपाका सांसद र मन्त्रीहरुको दशैभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

काठमाण्डौं - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसदहरुको भत्ता वापत प्राप्त रकम नलिने भएका छन् । नेकपा संसदिय दललले सांसदहरुलाई दशै भत्ता वापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक खिमलाल भट्टराईले संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए ।

‘यसपालि आएको पैसा खर्च भैसकेको हुनसक्ने भएकाले अर्को महिना आउने तलब कोषमा जम्मा गर्ने निर्णय भएको भट्टराईले बताए ।

उनका अनुसार मन्त्रीहरूको भत्ता पनि फिर्ता हुनेछ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै सांसदहरूको दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update