Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सञ्चारमन्त्री गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी

काठमाडौं - सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । वालुवाटार स्रोतले दिएको जानकारी अनुसार मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको हो । मन्त्री गुरुङले सोमवार देखिनै सरकारको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।

यसअघि संचार तथा सूचना प्रविधि मन्त्री रिक्त रहेका कारण परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त जिम्मेवारी दिईएको थियो । वर्तमान सरकारले आफ्नो चौथो प्रवक्ताको रुपमा गुरुङलाई जिम्मेवारी दिएको हो ।

पुर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले रानीनामा दिएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद पुर्नगठनका क्रममा सरकारले गुरुङलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गत सोज २८ गते सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update