चरिकोटमा करदाता सेवा कार्यालय : कर बुझाउन धुलिखेल धाउनुपर्ने बाध्यता हट्यो
चरिकोट - कर बुझाउन काभ्रेपलाञ्चोकको धुलिखेल धाउनुपर्ने बाध्यताबाट दोलखा जिल्लाबासी मुक्त हुने भएका छन् । सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय स्थापना भएसँगै धुलिखेल पुग्नुपर्ने यसअघिको बाध्यता अन्त्य हुने भएको हो ।
चरिकोट स्थित अदिती कम्प्लेक्समा स्थापना गरिएको कार्यालयले शुक्रवार भोलीदेखि औपचारिक रुपमा सेवा प्रवाह सुरु गर्दैछ । नेपाल सरकार मन्त्रिपरिषदको २०७६ पौष २१ को निर्णय अनुसार जिल्लामै करदाता सेवा कार्यालय स्थापना भएको र शुक्रवारबाट करसम्बन्धि सम्पुर्ण काम सुरु गरिने कर अधिकृत रामकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यालयले बिहिवार सार्वजानिक सूचना जारी गर्दै आन्तरिक राजस्व कार्यालय धुलिखेलबाट हुने काम जिल्लाबाटै हुने जानकारी गराउँदै सेवाग्राहीलाई सेवा लिन सूचित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७ २०:२९
प्रतिक्रिया दिनुहोस्