काठमाण्डौं - नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रलाई गुणस्तरिय, मर्यादित र विस्वसनिय वनाउनुपर्ने आवश्यकता औल्याएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि स्वागत कार्यक्रममा संचारमन्त्री गुरुङले गलत सूचना प्रवाहले समाजलाई अराजकता र द्धन्द्धतिर धकेल्नसक्ने भन्दै संचार क्षेत्रलाई विस्वनिय र मर्यादित वनाउनुपर्नेमा जोड दिए ।
‘सही सूचना नभए समाज गलत दिशातर्फ जान्छ, त्यसैले सही, सकरात्मक र मर्यादित सूचना सम्प्रेषण गर्न जरुरी छ, सञ्चार क्षेत्रमा भएका कमीकमजोरी सच्चाएर अगाडि बढ्नुपर्छ, मन्त्री गुरुङले भने ।’
कोरोना महामारीले उत्पन्न गरेको आर्थिक राजनीतिक संकटका बेला संचार जगतको महत्वपुर्ण भूमिका रहने भन्दै उनले संचारक्षेत्रमा रहेका समस्या समाधान गर्न सबै सरोकारवाला पक्षसँग समन्वय गरेर अघि बढ्दा सफलता प्राप्त हुने विस्वास पनि व्यक्त गरे ।
समस्या र चुनौती सामना गर्न सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउँदै गुरुङले आफुले गलत नगर्ने र गलत गर्नेलाई क्षमा दिन नसक्ने स्पष्ट पारे । समाचार निर्माण र सम्प्रेषणमा नकारात्मक संस्कार रहेको उल्लेख गर्दै उनले यसमा परिवर्तन आवश्यक रहेको बताए । उनले संचार क्षेत्रमा रहेको चुनौतीसहित विकृति र विसंगति सय दिनभित्र चिरफार गरेर सार्वजानिक गर्ने बिताएका छन् ।
मन्त्री गुरुङले साईवर सम्बन्धि नीतिगत व्यवस्थाका लागि कार्यदल बनाउने निर्णयमा हस्ताक्षर गरेर विहिबार संचार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार मन्त्रालयको जिम्मेवारीमा नियुक्त गरेका थिए ।