चरिकोट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रिय सदस्य एवं पुर्वराज्यमन्त्री देवी खड्कालाई कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यही असोज २५ गते नेतृ खड्काको स्वाब जिल्लामै संकलन गरी पीसीआर परीक्षणका लागि पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको हो ।
नेकपा दोलखा जिल्ला ईन्चार्ज समेत रहेकी खड्का पछिल्लो चरण काठमाण्डौं स्थित नेकपा नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमा सक्रिय थिईन् । यद्यपी कहाँबाट संक्रमण भयो भन्नेबारे एकिन हुन सकेको छैन । उनको स्वास्थ्य अवस्था भने स्वामान्य छ । यसअघि उनका भाई वाग्मती प्रदेशसभा सांसद विशाल खड्कालाई कोरोना पोजेटिभ देखिएको थियो ।
सांसद खड्कालाई संक्रमण देखिएपछि कम्ट्याक्ट ट्रेसिङका आधारमा नेतृ खड्कालाई पनि कोरोना आशंकामा स्वाब संकलन गरिएको परीक्षणका लागि पठाएईएको थियो । त्यसपछि उनी दोलखा सदरमुकाम चरिकोट स्थित होम क्वारेन्टाईनमा थिईन् ।
सामाजिक संजालमार्फत उनले आफुलाई कोरोना संक्रमण देखिएको पुष्टि गर्दै सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेकी छन् ।