काठमाडौं - सार्वजनिक सवारी साधनले सबै सिटमा यात्रु चढाउन पाउने भएका छन् । सरकारले आधा सिट क्षमतामा मात्रै यात्रु चढाउन पाउने पुरानो निर्णय परिमार्जन गर्दै फुल सिट चढाउन पाउने नयाँ निर्णय गरेको हो ।
मन्त्रिपरिषदको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि सार्वजनिक यातायात सञ्चालन गर्न दिईएपनि एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय भएको थियो ।
दशैंको समयमा यात्रुको चापलाई मध्येनजर गर्दै सार्वजनिक यातायातमा पनि सामाजिक सुरक्षाका मापदण्ड अपनाएर पुरा क्षमतामा यात्रु राख्न दिने निर्णय भएको हो । र भाडा भने पुरानैै दरमा लिनुपर्ने सरकारको निर्णय छ ।
मन्त्रिपरिषले अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडानमा हालको व्यवस्थालाई कार्तिक मसान्तसम्म कायमै राख्ने निर्णय गरेको छ । सरकारले जहाँ छ, त्यही दशैं मनाउन र उपत्यकाबाट गाउँ नजान सबै नागरिकलाई आव्हान गरेको छ ।