Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका सांसद विशाल खड्कालाई कोरोना संक्रमण

चरिकोट - वाग्मती प्रदेशसभामा दोलखाबाट प्रतिनिधित्व गर्ने सांसद विशाल खड्कालाई कोरोना संक्रमण देखिएको छ । दोलखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद खड्कालाई शुक्रवार कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद खड्कालाई सामान्य रुघाखोकी, हल्का ज्वरो र जिउ दुख्ने समस्या आएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । स्वास्थ्यमा केही समस्या आएपछि उनी केहीदिन यता घरमै आराम गरेर बसेका छन् ।

सामाजिक संजालमार्फत सांसद खड्काले आफुलाई कोरोना पोजेटिभ देखिएको उल्लेख गर्दै आप्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् । हाल काठमाण्डौंमा रहेका खड्काले सरकारले तोकेको प्रोटोकल पालना गर्न पनि उनले आग्रह गरे ।

सांसद खड्कासँगै उनकी जिवनसंगिनी सोविता बुढाथोकीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update