सबै किसिमका परीक्षा संचालन गर्न सरकारले दियो अनुमति
काठमाडौं - सरकारले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने भएको छ ।
जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय मन्त्रिपरिषदबाट भएको हो ।
यस्तै सरकारले व्यवसायिक तालिम प्रदायक संस्थाहरुलाई २५ जनाभन्दा कम सहभागी हुने छोटो अवधिको तालिम सञ्चालन गर्न अनुमति दिने पनि निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि सरकारले भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएपनि पछिल्लो निर्णयले परीक्षा संचालन गर्न बाटो खुलेको छ ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७ १२:३०
प्रतिक्रिया दिनुहोस्