Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
८ जना कर्मचारीलाई कोरोना देखिएपछि तामाकोसी आयोजनाको काठमाण्डौं स्थित कार्यालय बन्द

काठमाण्डौं – माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा कार्यरत ८ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाईड्रोपावर लिमिटेडमा कार्यरत कर्मचारीहरुको यहि असोज १७ र १८ गते पीसीआर परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।

जसमा प्रशासन सेवाका सहायक स्तरका कार्यालय सहयोगी सहित २ जना, कम्पनी तर्फका सवारी चालक २ जना र सुरक्षा गार्ड २ जना तथा परामर्शदातामा कार्यरत २ जना सवारी चालक रहेका छन् । कर्मचारीहरुलाई कोरोना पोजेटिभ देखिएपछि काठमाण्डौं स्थित आयोजनाको कार्यालय एक साताका लागि बन्द गरिएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।

आयोजना प्रमुख विज्ञान श्रेष्ठले काठमाण्डौं स्थित कार्यालयका कर्मचारीहरुमा संक्रमण देखिएपनि आयोजनाको नियमित कार्य यथावत संचालनमा रहेको जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update