Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
अमेरिकामा लागु भयो कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवास गर्न नदिने नियम

काठमाडौं - अमेरिकाले कम्युनिष्ट पार्टीका सदस्यलाई स्थायी बसोवासको अनुमति नदिने प्रावधानसहित आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ । परिवर्तन गरिएको नयाँ आप्रवासी नियममा कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने व्यवस्था छ ।

अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस) ले अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको बताएको छ ।

यूएससीआईएसले जारी गरेको विज्ञप्तीमा विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख छ ।

जानकारहरुका अनुसार चीनलाई लक्षित गर्दै अमेरिकाले आफ्नो आप्रवासीको नियममा परिवर्तन गरेको हो । पछिल्लो समय अमेरिका र चीनको बीचमा तनाव उत्कर्षमा पुगेको छ । यद्यपी, अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको नाम भने उल्लेख गरेको छैन ।

यसअघि नै अमेरिकामा स्थायी बसोवास गरिसकेका कम्युनिष्ट पार्टीका सदस्यहरुको अनुमति वा नागरिकता के हुने भन्नेबारे पनि केही खुलाईएको छैन ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update