कोरोना संक्रमित दोलखा कालिञ्चोक गाउँपालिकाका बृद्धले ज्यान गुमाए
काठमाण्डौं – कोरोना संक्रमित दोलखा घर भएका थप एक जनाको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिका घर भएका ६५ वर्षिय वृद्धको शनिवार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनलाई काठमाण्डौंमै संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सर पीडित समेत रहेको बताईएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि होम आईसोलेसनमा बसेका ती बृद्ध स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि यही असोज १५ गते अस्पताल भर्ना भएका थिए ।
ती बृद्धसहित नेपालमा शनिवार थप ८ जनाको मृत्यु भएको छ । दोलखा घर भएका कोरोना संक्रमित ३ जनाको यसअघि नै मृत्यु भैसकेको छ ।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७ १९:२२
प्रतिक्रिया दिनुहोस्