प्रधानमन्त्रीको सचिवालयका ४ जनामा देखियो कोरोना संक्रमण
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनालाई कोरोना संक्रमण देखिएको छ । प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई संक्रमण पुष्टि भएको हो ।
शुक्रबार स्वाब गरिएकोमा रिपोर्ट पोजेटिभ आएको प्रेस सल्लाहाकार थापाले जानकारी दिएका छन् । सचिवालयमा कार्यरत सबैको पीसीआर परीक्षण गरिएको थियो, हामी चार जनाको रिपोर्ट पोजेटिभ आएको छ’ थापाले भने ।
उनका अनुसार केही चालकहरुमा पनि संक्रमण देखिएको छ । सचिवालयका चार जनामा संक्रमण पुष्टि भएपनि यो पटक प्रधानमन्त्री ओलीको परीक्षण गरिएको थिएन । अब उनको पनि परीक्षण गर्ने तयारी भैरहेको सचिवालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १७, २०७७ १७:२५
प्रतिक्रिया दिनुहोस्