चरिकोट – राष्ट्रिय युवा संघ नेपालले केन्द्रदेखि जिल्ला तहसम्म नेतृत्वको जम्मेवारी वाँडफाँड टुंग्याएको छ । संघको केन्द्रीय निकाय, विभाग, आयोग, जिल्ला, महानगर उपमहानगरपालिकाहरुको नेतृत्व बाँडफाँड टुंगो लगाएको हो ।
संघका केन्द्रिय संयोजक रामप्रसाद सापकोटा (दिपशिखा) ले सबैको भावना र योगदान समेट्न नसक्ने बाध्यताकाबीच संगठनको एकता प्रक्रिया टुंगिएको बताए ।
यसैबीच संघको दोलखा ईन्चार्ज र सह ईन्चार्जको जिम्मेवारीपनि टुंगो लागेको छ । ईन्चार्जमा युवा नेताहरु क्रमशः सन्तोष केसी र सह–ईन्चार्जमा महाराज गुरुङ चयन भएका छन् । केसी साविक माओवादी निकट युवा संगठन वाईसियल र गुरुङ साविक एमाले निकट युवा संगठन युवा संघबाट चयन भएका हुन् ।
केसी तामाकोसी र गुरुङ गौरीशंकर गाउँपालिका निवासी हुन् । संघको जिल्ला संयोजक र सह संयोजक भने यसअघि नै धिरज सुवेदी र नवराज अर्याल चयन भैसकेका छन् ।