Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जेष्ठ नागरिक दिवसको अवसरमा चरिकोटमा ३७ जनाले गरे रक्तदान

चरिकोट - अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा दोलखा सदरमुकाम चरिकोटमा ३७ जनाले रक्तदान गरेका छन् । सामाजिक अभियानमा सक्रिय योगदान राष्ट्रका लागि फाउन्डेसन, नेपालले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका हुन् ।

जिल्ला स्वास्थ कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटीले शुभारम्भ गरे । रक्तदाता तथा कार्यक्रममा सहयोग गर्नेहरुलाई प्रजिअ शिवाकोटीले प्रमाणपत्र पनि प्रदान गरे ।

कोरोना भाइरस (कोभिड १९) को महामारीका बेला रगतको अभाव भै नागरिकले अकालमै ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले रक्तदान कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ ।

संस्थाका दोलखा जिल्ला संयोजक राजु थापाले जिल्लामा रगतको अभाव भएर विरामीलाई समस्या भैरहेको अवस्थालाई मध्येनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अबसरमा जिल्ला रेडक्रम सोसाईटीको समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । योगदान राष्टका लागि संस्थाले देशविदेशमा स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०७७  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update