Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
किवी फलको कथा : यसरी गर्न सकिन्छ व्यवसायिक खेती

-व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका व्यक्तिहरुका लागि उपयुक्त फल गर्भवती महिलाको लागि बढी फाइदा जनक हुन्छ । यसको फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिन्छ ।

हाल नेपालमा व्यवसायिक रुपमा किवी खेती गरिदै आएको छ । काभ्रे, इलाम लगायत अन्य जिल्लाका कृषकहरुले किवीको व्यवसायिक खेती गर्दै आएका छन् । इसिमोडले गोदावरीमा किवीका विभिन्न जातका बारेमा अनुसन्धान समेत गर्दै आएको छ । यसको व्यवसायिक खेतीबाट बैदेशिक रोजगारी बाट फर्किएका युवाहरु तथा स्वदेशमै कृषिको क्षेत्रमा काम गर्न इच्छुक युवाहरुको लागी स्वरोजगारको वातावरण समेत श्रृजना हुन्छ । यो देशको अर्थतन्त्रको विकास गर्न समेत सहयोग पुग्नेछ । युवाहरुको लागी किवी खेतीको प्राविधिक ज्ञान दिएमा खेर गएको जमिनको सदुपयोग हुनुको साथै आम्दानी समेत हुने देखिन्छ ।

किवीफल लहरामा फल्ने बहुवर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ । किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ । यो फलको खेती तथा उपभोग दर विस्तार हुँदैछ । यसलाई शुरुमा चाइनिजमा गुजबेरी भनिन्थ्यो भनेपछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा धेरै समय अगाडिदेखि खुवाइने गरेको र फल अचारको रुपमा पनि प्रयोग हुँदै आएको छ ।

यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ । हालसम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको छ । यस फलको उत्पत्ति स्थल चिनको याङ्गजे नदिको नजिकै हो ।

महत्व :
किवी फलमा मानव शरीर स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा रहेको छ । किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्दछ । यसमा प्रशस्त मात्रामा रेशा पाइने भएकोले पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिदैन । मुटु तथा उच्च रक्तचाप, दम र डाइबेटिज रोगीका लागि यो फल उपयोगी मानिन्छ । हालको बजार स्थिती विश्लेषण गर्दा सबै फलफूल भन्दा धेरै आम्दानी दिने फल मध्ये किवी फल हो । यो फल रोपेको चौथो बर्षदेखि नै केहि आम्दानी दिन शुरु गर्दछ र प्रति बोट कम्तिमा पनि सरदर ५० केजी फल्दछ ।

हावापानी :
नेपालको सन्दर्भमा १२०० मिटरदेखि माथी २४०० मिटरसम्मको उचाईमा किवी फलको खेती गर्न सकिन्छ । किवी बगैंचा स्थापना गर्नुपर्ने जग्गा धेरै उचाईमा हुनुपर्छ भने दक्षिण तर्फ पहाडको मोहडा उपयुक्त हुन्छ । १२०० देखि १६०० मिटर उचाई भएको स्थानमा उत्तर पूर्व फर्केको मोहडा राम्रो मानिन्छ । असिना पर्ने स्थानमा यसको खेती गर्दा असिना अवरोधक नेटको प्रयोगबाट फल जोगाउन सकिन्छ । यो फल चिसो हावापानी मा राम्रो हुन्छ ।

फागुन चैत्र महिनामा तापक्रम बृद्धि हुँदै जाँदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरुमा मुनाहरुमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरुको वृद्धि हुन्छ र असोज, कार्तिक लागेपछि वृद्धि रोकिन्छ । मंसिर, पौष महिनामा तापक्रम घट्न थालेपछि यसको पात झर्दछ र सुषुप्त अवस्थामा जान्छ । किवीफलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनुपर्दछ । हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ । बार्षिक बर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आद्रता किवी खेतीको लागि उपयुक्त मानिन्छ ।

माटो :
किवी फलको जराहरु धेरै गहिरो नजाने जमिनको माथिल्लो सतहमा फैलिने हुँदा जरा बढ्नको लागि माटो हलुका हुनु पर्दछ । आवश्यक मात्रामा कम्पोष्टमल व्यवस्थापन गर्न सकेमा सबै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ । प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो र सिंचाइ तथा निकासको राम्रो व्यवस्था भएको जमिन यसको लागि उपयुक्त हुन्छ । माटोको पिएच ५।५ देखि ६।५ सम्म भएको मानिन्छ ।

किवी फलका नेपालमा पाइने जातहरु : हरियो गुदि भएका पोथी जातहरु स् हेवार्ड, एलिसन, मोन्टी, ब्रुनो र एवोट

भाले जातहरु : मचुवा र टिमोरी
पहेलो गुदि भएका जातहरु : जेस्पिरी गोल्ड
रातो गुदि भएका जातहरु : रेड किवि [पोथी] कोहि किवी [भाले]

विरुवा रोप्ने समय :
किवी फलको विरुवा हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्र्तगत पर्दछ । पौष र माघ महिना किवीका विरुवा रोप्नु पर्दछ ।

विरुवा रोप्ने खाडलको तयारी :
किवीफलको बगैंचा स्थापनाको लागि जमिन छनौट गरिसकेपछी गह्रा र काल्लाको सरसफाई गरि खनजोत गर्नु पर्दछ । विरुवा रोप्नु चार, पाँच हप्ता अघि ३ फिट चौडा र ३ फिट गहिरो खाडल खन्नु पर्दछ । खाडल भन्दा आधा भागको र तल्लो आधा भागको माटो छुट्टा छुट्टै खन्नु राख्नु पर्दछ ।
विरुवा रोप्नु अघि ४० किलोग्राम राम्ररी पाकेको गोबरमल, ५० ग्राम युरिया, १०० ग्राम डि।ए।पी। र १०० ग्राम पोटास साथै उपलब्ध भए सम्म १ किलोग्राम खरानी खाडल खन्दा निस्केको माटोमा राम्ररी मिसाउनु पर्दछ । खाडल पुर्दा मल मिसाएको माथिल्लो भागको माटो तल र तल्लो भागको माटो माथि राखेर खाडल पुर्नु पर्दछ । पुरेपछी माटो बस्ने भएकोले खाडल पुर्दा जमिनको सतह भन्दा एक वित्ता जती अग्लो बनाउनु पर्दछ र चिनो लगाउन खाडलको विचमा सानो लठ्ठी गाड्नु पर्दछ ।

विरुवा रोप्ने तरिका :
किवीफलको बोटमा भाले र पोथी फुल अलग अलग बोटमा फुल्ने भएकोले भाले र पोथी बोटको अनुपात मिलाएर रोप्नु पर्दछ । सामान्यतया ८ वटा पोथी बोटको विचमा १ वटा भाले बोट लगाउने चलन भएता पनि ५ वटा पोथी बोटको विचमा १ वटा भाले बोट लगाउन राम्रो मानिन्छ । पहिले भाले विरुवा रोप्ने र भाले विरुवालाई विचमा पारेर पोथी विरुवा रोप्नु पर्दछ । विरुवा रोप्दा खाडलको विचमा जरा नदोब्रिने गरी रोप्नु पर्दछ । माटोले पुर्दा विरुवाको ग्राफ्टिङ गर्दा जोडेको भाग पर्नु हुदैन, रोपिसकेपछी फेदको माटो राम्ररी थिचेर खर पराल वा सुकेको झारपातले छापो हाली दिनुपर्छ । विरुवालाई दह्रो गरी अड्याउन ६—७ फिट लामो बाँसको भाटोले टेको दिएर हल्का गरी बाँध्नु पर्छ । त्यसपछि माटो भिज्ने गरी पानी हाली दिनु पर्दछ ।

मलखाद व्यवस्थापन :
किवी बोटको र पातको आकार ठूला, साना र धेरै जरा, छिटो र लगातार बढ्ने तथा धेरै फल फल्ने स्वभाव भएकोले यसलाई प्रशस्त मलखादको आवश्यकता पर्दछ । किवी फलको लागि पहिलो बर्ष प्रति बोट ३० के।जी। गोबरमल, १०० ग्राम युरिया, २०० ग्राम डिएपी र १५० ग्राम पोटास, दोश्रो बर्ष प्रतिबोट ३० के।जी।गोबरमल, २०० ग्राम युरिया, ३०० ग्राम डिएपी र ३०० ग्राम पोटास, तेस्रो बर्ष प्रतिवोट ६० के।जी गोबरमल, ५०० ग्राम युरिया, ५०० ग्राम डिएपी र ४०० ग्राम पोटास र चौथो वर्ष देखि ६० के।जीं गोबरमल, ५०० ग्राम युरिया र ५०० ग्राम डि।ए।पि र ५०० ग्राम पोटासको हरेक वर्ष फुल फुल्नु भन्दा अगाडीको समय देखि मिलाएर हाल्नु पर्ने हुन्छ । सबै गोबरमल, डिएपी, पोटास र आधा भाग युरिया विरुवाको फेद वरिपरी खनजोत गरी गोलाकार रिङ्गमा छरेर माटोले पुरी सिंचाई गरी दिनु पर्दछ । बाँकी आधा भाग युरिया असार साउन महिनामा प्रयोग गर्नु पर्छ ।

सिंचाई र निकासको प्रबन्ध :
किवीको पात जमिनको माथिल्लो सतहमा हुने साथै साना र धेरै जरा तथा काण्ड नरम हुने भएकोले यसको वृद्धि र विकासका लागि माटोमा उपयुक्त चिस्यान रही रहनु पर्छ । साथै विरुवाको फेदमा पानी जम्न दिनु हुदैन । बिरुवा सारेपछी तुरुन्त सिंचाई गर्नु पर्दछ । चैत र बैशाखमा नयाँ पालुवा पलाउने र फूल फूल्ने तथा फल लाग्न– भएकोले सिंचाइको आवश्यकता हुन्छ । असार, साउन र भदौ महिनामा बढी पानी पर्ने भएकोले बगैंचामा निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।

गोडमेल तथा विरुवाको स्याहार सम्भार :
किवीफलको बोटको पात पौष माघमा झर्छ, यस समयमा जराहरु निस्कृय अवस्थामा रहने भएकोले यो गोडमेल गर्ने उपयुक्त समय हो । यस बेला बोट वरीपरीको झारपात हटाएर धेरै गहिरो नहुने गरी खनजोत गर्ने र सिफारिस मात्रामा मल हाली माटोले पुरी छापो हाली सिंचाई गर्नु पर्दछ । यसै गरी असार साउनमा पनि झारपात हटाएर धेरै खनजोत गरी मल हालेर छापो दिनु पर्दछ । यो देखि बाहेक आवश्यकता अनुसार झारपातको प्रकोप हेरेर बोट वरिपरीको झारपात हटाउनु पदैछ ।

बोटलाई थाक्रो दिने :
किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिव ६—७ फिट अग्लो भएपछि माथी पट्टी ‘टि’ आकारको जि आई पाइप गाडेर कम्तीमा ३ लाइन मोटो तार टाँगी दिनु पर्दछ । यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य व्यवस्थापनको काम गर्न सजिलो हुन्छ ।

किवीको तालिम :
विरुवालाई आवश्यका अनुसार आकारमा ल्याउनुलाई किवी बोटको तालिम भन्ने बुझिन्छ ।
प्रथम वर्ष स् किवी छिटो छिटो बढ्ने विरुवा भएकोले पौष माघमा रोपेको विरुवा असार सम्ममा अग्लो भइ सक्छ । शुरुमा एउटा मात्र मुना राखेर फेदबाट पलाएका सबै हाँगा हटाउनु पर्दछ । यसरी काटेको ठाँउबाट पलाएका २ वटा मुनालाई २ तिर मुख्य हाँगाको रुपमा बढ्न दिनु पर्दछ ।

दोश्रो, तेश्रो र चौथो बर्ष स् पातको अगाडी फेदबाट कोपिला बढ्न शुरु हुन्छ र यहि मुनालाई फल्न हाँगाको रुपमा विकास हुन दिनु पर्दछ । मुख्य हाँगामा प्रत्येक ४० से।मि। मा यस्ता फल फल्ने हाँगाहरु विकास गराई डोरीले तेर्सो गरी बाँधी दिनु पर्दछ । सिधा माथी आकाश तिर बढेका हाँगाहरुमा कम फल फल्ने हुनाले यस्ता हाँगाहरु हटाउने, टुप्पोतिर बटारिएका र बढी हाँगाहरु हटाउनु पर्दछ ।

किवीको काँटछाँट स् किवीफलको पात पौष माघमा झर्छन साथै बोट सुषुप्त अवस्थामा जान्छ र यस समयमा अनिवार्य रुपमा काँटछाँट गर्नु पर्दछ । पौष माघमा एक वर्ष पुराना हाँगाहरुबाट पलाएका पालुवाहरुमा मात्र फूल फुल्ने र फल फल्ने गर्दछन् । किवीफलको लहराहरु एक वर्षमा ३–४ मिटर सम्म बढ्ने र फल फल्ने कोपिला हाँगाको फेदमा मात्र पलाउने भएकोले माथीको लामो भाग सबै काटेर हटाउनु पर्छ । हिँउदे काँटछाँट गर्दा बर्ष भरी पलाएका हाँगाहरुको ७५ प्रतिशत भाग हटाउनु पर्दछ । फल फलिसकेपछी काम नलाग्ने बाङ्गा, सुकेका रोगकिरा लागेका हाँगा काटेर हटाई नयाँ हाँगाको विकास गराउनु पर्दछ ।

बर्षे काँटछाँट :
विरुवाले प्रशस्त मलजल पाए पछि असार साउन सम्ममा बोटको हाँगा तथा मुल काण्डबाट फूल नफुल्ने धेरै हाँगाविगाहरु पलाउछन र यस्ता हाँगा विगाहरु धेरै भएमा बोट अव्यवस्थित झाडीमा परिणत हुन्छ ।

बर्षा याममा बोटको हाँगा तथा मूल काण्डबाट हलक्क बढेका सप्रिएका मोटा र राम्रो देखिने हाँगाहरु पलाउछन् । बाङ्गा, सुकेका, रोगकिरा लागेका हाँगा, टुप्पो तिरका हाँगाहरुलाई पनि हटाउनु पर्दछ ।

रोग किरा व्यवस्थापन :
किराहरु :
पात बेरुवा झुसिलकिरा स् पुतलीले पातको माथिल्लो सतहमा फुल पार्छ र लार्भा अवस्थामा कलिला पातहरु, मुना तथा कलिला वा चिचिला अवस्थाको फलको बोक्रालाई क्षति पु¥याउँछ । फलको आकारलाई विक्रित बनाउँछ । यो किरा नियन्त्रणका लागी साइपरमेथ्रीन २ मिली लिटर १ लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ । नियमित काँटछाँटबाट पनि केहि प्रकोप कम गर्न सकिन्छ ।

कत्ले किरा : यो किरा धेरै मसिनो खरानी देखि खैरो रंगको हुन्छ । यसले डाँठ, पातको मध्य नशामा र फलको रस चुसी नोक्सान पुर्याउछ । यो किरा नियन्त्रणको लागि रोगर विषादी १।५ मिलीलिटर १ लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

फड्के किरा : यसले मह जस्तो गुलियो पदार्थ निकाल्छ जसले गर्दा सुटी मोल्ड नामक ढुसी पैदा भई पात, डाँठ र फललाई कालो बनाउँछ । यो किरा नियन्त्रणको लागि रोगर विषादी १।५ मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

रोगहरु :
जरा कुहिने रोग स् यो रोग ढुसीको आक्रमणले हुन्छ । यो रोगले जरा कुहिन गई विरुवा बढ्न नसक्ने, बढी रोगको संक्रमण देखिएमा विरुवा मर्ने सम्भावना हुन्छ । पानी जम्ने अवस्था, ओसिलो जमिनमा यसको प्रकोप ज्यादा हुन्छ । पानीको निकास नहुने जमिनमा खेती नगर्ने, माटो उठाई विरुवा रोप्ने, विरुवा रोप्दा, गोडमेल गर्दा जरा र फेदमा चोट पटक नलगाई होसियारी पुर्वक गर्ने । विरुवाको फेदमा चोट देखिएमा मेन्कोजेव नामक औषधी लगाउने ।

बोट्राइटिस : यो रोग ढुसीको कारणले हुन्छ । खास गरि लहरा बढी भए बोट झांगियो भने वा वाफिलो अवस्था लामो समयसम्म रहयो भने यो रोग लाग्दछ । शुरुमा फलको भेट्नो जोडिएको स्थानमा खरानी रंगको ढुसी देखिन्छ पछि फलमा खरानी रंगको खैरो ढुसी फैलिन्छ र आक्रमण बढ्दै गएपछी फल चाउरिन्छ । पात र मुनामा पनि डढाउने लक्षण देखाउँछ । ओसिलो अवस्था श्रृजना हनु नदिनको लागी हिँउद र बर्षामा गरिने काँटछाँट राम्ररी गर्ने । बगैचा सरसफाईमा विशेष ध्यान दिने । फल लाग्न थालेपछि र फल टिप्नु भन्दा १ महिना अघि ढुसी नाशक विषादी छर्कनु पर्दछ ।

थोप्ले रोग स् वर्षा र शरद याममा विभिन्न प्रकारका ढुसीको संक्रमण बढेमा पातमा थोप्ला देखा पर्दछ र पात झर्ने, फलको गुणस्तरमा प्रभाव पर्ने र उत्पादन घट्ने हुन्छ । यस्तो समस्या देखिएमा ढुसी नाशक विषादी स्प्रे गर्ने ।

फल टिपाइ तथा भण्डारण स् किवी फल विरुवा सारेको ४ बर्षमा पूणरुपमा फल्न थाल्छ । फल काटेर हेर्दा बियाँ कालो भएको भए फल टिप्न योग्य भएको मानिन्छ । किवीफल कार्तिक मंसिरमा फल छिप्पिए पछी टिपिन्छ । फल टिप्दा हाँगा नभाचिने गरी हात वा फल टिप्ने कैचीले टिप्नु पर्दछ । औलाले छाम्दा गिलो भएपछी पाकेको मानिन्छ र बोक्रा हटाएर खानको लागि प्रयोग गरिन्छ । राम्रो सँग स्याहार भएमा प्रतिरोपनी ७५० देखि १००० केजी सम्म प्रतिवर्ष उत्पादन लिन सकिन्छ ।

-कृषि प्राविधिक टंक प्रसाद ढुंगाना

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update