Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
गौरीशंकर संरक्षण क्षेत्र होमस्टे प्रवर्द्धन गर्दै

सिंगटी - गौरीशंकर संरक्षण क्षत्र आयोजना (जिक्याप) होमस्टे प्रवद्र्धनमा जुटेको छ । विश्व पर्यटन दिवसको अवसर पारेर आयोजनाले आईतवार थप १० जनालाई होमस्टे संचालनका लागि आवश्यक सामाग्री वितरण गरेको छ ।

विगु गाउँपालिका ४ स्थित आयोजनाको प्रधान कार्यालयमा आयोजित कार्यक्रमकाबीच उनीहरुलाई कालिञ्चोक गाउँपालिका उपप्रमुख कालिका पाठक, संरक्षण वन उपभोक्ता सञ्जाल, दोलखाका अध्यक्ष रामचन्द्र खड्का लगायतले उक्त सामाग्री हस्तान्तरण गरे ।

विगु गाउँपालिका १, लामाबगर र गोंगरडाडाका १० नयाँ होमस्टे संचालकलाई प्रतिघर २० हजार रुपैयाँ बरावरको होमस्टे सामाग्री वितरण गरिएको आयोजनाका पर्यटन सहायक याङटि शेर्पाले जानकारी दिईन् । उनका अनुसार प्रति घर १ कोठालाई २ वटा बेडको लागि आवश्यक पर्ने शिरक, डस्ना, तकिया, शिरानी २ २ थान, चप्पल, डोर म्याट, डस्टविन, तौलिया, ह्याङ्गर, ऐना, रजिष्टर, एसट्रे, होम स्टे बोर्ड १र१ थान र कार्पेट ६ मिटर वितरण गरियको हो ।

संरक्षण क्षेत्रको विगु गाउँपालिका १, लामाबगर स्थित माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको ड्यामसाईड, लप्चि, रोल्वालिङ्ग जाने मार्गको प्रस्थानविन्दु लामाबगरमा जल पर्यटनको राम्रो सम्भावना रहेको आयोजना अधिकारीहरुको भनाई छ ।

आयोजना प्रमुख सत्यनारायण शाहले जल पर्यटनको संभावना रहेका ठाउँहरुमा पर्यटन पुर्वाधार विकास गर्न पर्यटकहरुलाई खानेबस्ने सुविधा र सहजताका लागि होमस्टे संचालनका लागि सामाग्री वितरण गरिएको बताए ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update