Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
वाग्मती प्रदेशका जनप्रतिनिधिहरुको प्राफाईल समेटिएको ‘जनप्रतिनिधि’ पुस्तक विमोचन

हेटौंडा - फोटो नेपालले बाग्मती प्रदेशका सांसदहरुको प्रोफाईल समेटिएको पुस्तक सार्वजानिक गरेको छ । ‘जनप्रतिनिधि बागमती प्रदेस’ नामक पुस्तकको आईतबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले विमोचन गरे ।

पुस्तक बिमोचन गर्दै मुख्यमन्त्री पौडेलले समयको आवश्यकता अनुसार सबै क्षेत्रलाई आवश्यक सूचना एकै पुस्तकवाट प्राप्त हुने भएकाले निर्वाचित प्रतिनिधिको ऐतिहाँसिक दस्तावेज सवैका लागि महत्वपूर्ण हुने बताए । आम नागरिकलाइ आवश्यक सूचना प्रदान गर्न सक्ने पुस्तक सवै स्थानिय तहको हरेक टेबलमा आवश्यक रहेको उनले बताए ।

प्रकाशक फोटो नेपालका अनुसार एक हजार ६६८ पृष्ठको पुस्तकमा एक हजार ५५६ जना जनप्रतिनिधिको बिबरण समावेश गरिएको छ । कोरोना संक्रमण जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गर्दै पुस्तक बिमोचन जुमबाट गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाले जानकारी दिए । एक वर्ष भन्दा बढी समयको प्रयत्नवाट बागमती प्रदेसका सवै जनप्रतिनिधिको बिवरण सहितको पुस्तक प्रकाशन सम्भव भएको उनले बताए ।

पुस्तक प्रकाशन परियोजनाका संयोजक बिदुर आचार्यका अनुसार पुस्तकमा राष्टिय सभा, प्रतिनिधि सभा र प्रदेस सभाका सदस्यहरु, जिल्ला समन्वय समिति, स्थानिय तहका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष र वडा सदस्य समेतको आफ्नो पृष्ठभूमि र योजना सहितको ब्यक्तिगत बिवरण समावेश छ ।

पुस्तकमा समावेश जनप्रतिनिधिहरुको बिवरण संकलनका लागि मकवानपुरबाट शिवकुमार काशी, चितवनबाट शालिग्राम नेपाल, सिन्धुलीबाट कृष्जला पुलामी, रामेछापबाट नवराज श्रेष्ठ, दोलखाबाट नवीनकुमार खतिवडा, सिन्धुपाल्चोकबाट यज्ञ दंगाल, काभ्रेपलाञ्चोकबाट सन्तोष चौलागाई, काठमाण्डौबाट जयसिह महरा र जमुना धमला, ललितपुरबाट शिवहरी घिमिरे, धादिङबाट महेश्वर सुबेदी, रसुवाबाट अनु आचार्य र गीता न्यौपाने, नुवाकोटबाट रामहरी न्यौपालेले संयोजन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update