हराएको भनिएको नेपाल-चीन ११ नम्बर सिमास्तम्भ भेटियो
काठमाण्डौं— हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ फेला परेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्तम्भ भेट्टाएको हो ।
नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाका अनुसार सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको हो । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको जनाईको छ । स्तम्भको तस्विरमा नेपालपट्टि २०१९ साल र चीनपट्टि १९६२ लेखिएको छ ।
हुम्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले पहिलोपटक २०७२ सालमा सीमा बैठकमा उक्त स्तम्भबारे दुवै पक्ष मिलेर पिलर खोजी गर्ने निर्णय भएको थियो । तर खोजी कार्यले गति लिन सकेको थिएन । यसअघि सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७ ०९:४८
प्रतिक्रिया दिनुहोस्