Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
समृद्धिको यात्रा रोक्न खोजिएको प्रधानमन्त्री ओलीको गुनासो

७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अघि बढाएको समृद्धिको यात्रामा नकारात्मकता फैलाएर अवरोध गर्न खोजिएको भन्दै त्यसलाई परास्त गरेर अघि बढ्ने बताएका छन् ।

७० औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘समृद्धिको दिशामा अघि बढिरहे पनि वैदेशिक लगानीमा अवरोध गर्ने, विकास निर्माणमा बाधा हाल्नेलगायतका काम भइरहेको उनले बताए । सरकारले समृद्धिको दिशातर्फको यात्रा थालेको भन्दै उनले केही कामहरु सम्पन्न भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सन् २०३० सम्म दीगो लक्ष्य हासिल गर्ने तयारीमा सरकार रहेको र त्यसपछि खुसी हुने नेपालीको आकांक्षा पूरा हुने दावी गरे । प्रधानमन्त्री ओलीले कूटनीतिमा हासिल गरेको सफलताले विश्व मञ्चमा नेपाल सुनिन थालेको पनि बताए ।

                            

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update