Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
जनप्रतिनिधि, पत्रकार र सुरक्षा अधिकारीलाई संरक्षण क्षेत्रले सम्मान गर्ने
पुरस्कार र सम्मानका लागि छनौट गरिएका गौरीशंकर गाउँपालिका अध्यक्ष सोयम खड्का, पत्रकार लक्ष्मण खड्का र ईन्स्पेक्टर सुनजित तामाङ

सिंगटी — गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप) ले जनप्रतिनिधि, पत्रकार र सुरक्षा अधिकारीलाई सम्मान गर्ने भएको छ । राष्ट्रिय संरक्षण दिवसको अवसरमा बुधवार आयोजनाले गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्का, पत्रकार लक्ष्मण खड्का र ईलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङलाई पुरस्कारसहित सम्मानका लागि छनौट गरिएको जनाएको छ ।

यस्तै जिक्यापले संरक्षण क्षेत्र व्यवस्थापन समिति गोकुलगंगा गाउँपालिका १ चुचुरेलाई पनि सम्मान गर्ने भएको छ । वन, वातावरण तथा वन्यजन्तु संरक्षणमा योगदान पुर्याएको भन्दै उनीहरुलाई सम्मान गर्न लागिएको हो । पुरस्कार र सम्मानको घोषणा बुधवार गरिएपनि बितरण भने उपयुक्त समय मिलाएर गरिने बताईएको छ ।

कार्यक्रमको अवसरमा गत आर्थिक वर्षको प्रगति र आय व्याय विवरण पनि सार्वजानिक गर्दै ६९.४० प्रतिशत प्रगति हाँसिल गरेको जनाएको छ । जस अनुसार गत आवमा संरक्षण क्षेत्रले ५ करोड २७ लाख ८३ हजार ५ सय ७२ खर्च गरेको जनाएको छ । गत आर्थिक वर्ष संरक्षण क्षेत्रले पर्यटक शुल्क वापत ३९ लाख ८१ हजार ६ सय १५ रुपैयाँ आम्दानी गरेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update