काठमाडौँ — नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसदको रुपमा काम गर्न सर्वोच्च अदालतले रोक लगाएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले गौतमलाई सांसदको रुपमा काम गर्न नदिन र मन्त्री समेत नबनाउन अन्तरिम आदेश जारी गरेको हो ।
गौतमले मन्त्रिपरिषद्बाट सिफारिस भएर राष्ट्रपतिबाट मनोनित भैसकेर असोज १ गते राष्ट्रिय सभा सदस्य पदको सपथ लिईसकेका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजित हुँदा पनि संघीय संसद्मा मनोनित गरेर लगेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
विषयवस्तुको गाम्भीर्य एवं संवैधानिक महत्त्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो नलागेसम्म थप संवैधानिक जिम्मेवारी दिने, लिने कार्य नगर्नू, नगराउनूु अन्तरिम आदेशमा उल्लेख छ ।