Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
सहकारीले १४.७५ प्रतिशतसम्म मात्रै ब्याज लिन पाउने

काठमाडौँ — सरकारले सहकारी संघ संस्थाहरुले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने नियम ल्याएको छ । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले कर्जा प्रवाह गर्दा व्याजको अधिकतम सिमा १४.७५ प्रतिशत निर्धारण गरेको हो ।

यसअघि सहकारी संघ संस्थाहरुले सन्दर्भ ब्याजदर १६ प्रतिशतसम्म असुल गर्ने गरेका थिए । पुरानो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको र यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।

यसैगरी कर्जा र वचतको ब्याजअन्तर ६ प्रतिशत भन्दा कम हुनुपर्ने प्रावधानका कारण अब सहकारी संस्थाले बचतमा अधिकतम ८.७५ प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने भएका छन् ।

राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई अधिकतम् ब्याजदर सीमा १५ प्रतिशत कायम गरेको थियो । त्यसपछि सहकारीमा सो भन्दा कम ब्याजदर कायम गर्ने दबाब बढेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update