दोलखाकी थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
चरिकोट - दोलखाकी थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षिया महिला रहेपनि विस्तृत विवरण खुलाईएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोलखा घर भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको पुष्टि गरेको हो । उनलाई गृहजिल्लाभन्दा बाहिरै संक्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालय दोलखाले पनि जिल्ला बाहिर रहेका संक्रमित महिलाको मृत्यु भएको हुनसक्ने र जानकारी आईनसकेको जनाएको छ ।
यसअघि जिल्लाका कोरोना संक्रमित दुई महिला र दुई पुरुषको मृत्यु भैसकेको छ । उनीहरुको पनि काठमाण्डौंमै संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७ १७:५५
प्रतिक्रिया दिनुहोस्