Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका अग्रज पत्रकार मास्केलाई प्रबल जनसेवा श्री चतुर्थ विभुषण

चरिकोट — दोलखाका अग्रज पत्रकार एवं नागरिक अगुवा चिरञ्जीवी मास्के प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित हुने भएका छन् । संविधान दिवसको अवसर पारेर उनलाई सरकारले उक्त विभुषणद्धार विभुषित गर्न लागेको हो ।

पत्रकार महासंघ दोलखाका पुर्व सभापति तथा केन्द्रिय सदस्य समेत भैसकेका मास्के उक्त विभुषणबाट दोलखामा पहिलो पटक विभुषित हुने भएका हुन् ।

जिल्ल्लाबाट ५ जनालाई प्रबल जनसेवा श्री चतुर्थबाट विभुषित गर्न सिफारिस गरिएको थियो । त्यसमध्ये मास्केको नाम छनौटमा परेको हो । मास्के झण्डै ३ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update