Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
बाढीपहिरो पीडितलाई लापिलाङ सामाजिक सेवा समितिले जुटायो सहयोग

चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका ५ का बाढीपहिरो पीडितहरुका लागि लापिलाङ सामाजिक सेवा समितिले आर्थिक सहयोग जुटाएको छ । काठमाण्डौंमा बसोवास गर्ने लापिलाङबासीहरुको साझा संस्थाले पीडितहरुका लागि १ लाख ४ हजार ५ सय रुपैयाँ सहयोग जुटाएको हो ।

उक्त सहयोग रकम संस्थाका अध्यक्ष विवेक कुमार खड्काले बिहिवार वडा अध्यक्ष सुवास थामीलाई हस्तान्तरण गरे । पीडितहरुका लागि एउटा कोषको रुपमा उक्त रकम जम्मा गर्ने र त्यसमा अन्य थप सहयोग जुटाएर पीडितहरुको समस्यामा खर्च गर्ने संस्थाले जनाएको छ ।

पीडितहरुका लागि थोरै भएपनि सहयोग पुगोस् भन्ने उदेश्यले उक्त सहयोग रकम काठमाण्डौंमा बसोवास गर्नेहरुबाट जुटाईएको अध्यक्ष खड्काले बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update