Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
करिव ३ सय बाढीपहिरो पीडित परिवारलाई खाद्यन्नसहितको राहात सामाग्री बितरण

चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५ लापिलाङ स्थित बाढीपहिरो पीडितहरुलाई बिहिवार खाद्यन्न सहितको राहात वितरण गरिएको छ । रानीवन पहिरोबाट विस्थापित २६ परिवार सहित जोखिममा परेका र बारी क्षेति भएका करिव ३ सय पीडित परिवारहरुलाई राहात वितरण गरिएको हो ।

महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङको तर्फबाट करिव २ सय बोरा चामल, दाल सहितको खाद्यन्न, ग्रामिण विकास टुकी संघ, सिविनको तर्फबाट उपलब्ध राहात सामाग्री पीडित परिवारलाई बितरण गरिएको थियो । वडा अध्यक्ष सुवास थामीले पहिरोबाट पुर्ण र आंशिक रुपमा पीडित सबै परिवारलाई राहात वितरण गरिएको जानकारी दिए ।

मन्त्री गुरुङसहितको टोली बाढीपहिरो क्षेत्रको स्थलगत निरीक्षण र राहात वितरणको लागि शुक्रबार त्यहाँ पुगेको थियो । टोलीमा वाग्मती प्रदेशका सांसद पशुपति चौलागाई, पुर्वमन्त्री आनन्द प्रसाद पोखरेल, सांसद हिमाली गोले, जिसस प्रमुख डवल पाण्डे, पुर्व जिविस सभापति शिव प्रसाद भण्डारी, लगानी वोर्डका सदस्य वालकृष्ण शिवाकोटी, तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सहभागि थिए ।

रानीवन क्षेत्रबाट सुरु भएको पहिरोले ठुलो रुप लिएपछि देउपुरथली, भैंसे, काँडाबारी, शिलाफारे, मैदान, बन्देथलीका एक सय घर परिवार उच्च जोखिममा छन् । ती मध्ये २६ परिवार घर पुर्ण रुपमा क्षतिग्रस्त भई विस्थापित भएका छन् । उनीहरुलाई विद्यालयमा राखेर अस्थायी रुपमा व्यवस्थापन गरिएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update