चरिकोट — महिला, वालवालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बाढीपहिरो पीडितहरुको राहात, उद्धार र पुर्नस्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
बिभिन्न स्थानमा बाढीपहिरोले पुर्याएको क्षतिबारे सरकारको गम्भिर ध्यानाकर्षण भएको भन्दै मन्त्री गुरुङले उनीहरुलाई सरकारले सक्दो सहयोग गर्ने बताए ।
दोलखाको कालिञ्चोक गाउँपालिका ५ स्थित बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि पीडितहरुसँग भेटघाट गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । “पीडितहरुको पिडा छुट्टै छ, त्यो हामीले महसुस गरेका छौं, त्यसबाट तँपाईहरुलाई मुक्त गर्न सबै पहल र प्रयास गर्नेछौं, मन्त्री गुरुङले भने ।”
बाढी पहिरो पीडितहरुको दिर्घकालिन वयवस्थापनका सन्दर्भमा गृहमन्त्री र प्रधानमन्त्रीसँग समेत कुराकानी भैरहेको जानकारी पनि उनले दिए । त्यसका लागि तत्काल बैठक बसी निर्णय गरेर पठाउन पनि उनले जिल्ला स्थित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।