Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
मुख्यमन्त्री राईबिरुद्ध दोलखाकी एक युवतीले दिएको मुद्धा फिर्ता लिईन्

काठमाडौं - दोलखा घर भएकी एक युवतीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईमाथि यौन दुव्र्यवहार गरेको भन्दै दिएको मुद्धा फिर्ता लिएकी छिन् । यौन दुव्र्यबहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबीसहित दोलखा जिल्ला घर भएकी बालिका खड्काले अदालतमा मुद्धा हालेकी थिईन् ।

उनले बुधवार आफूले अरुको उक्साहटमा मुख्यमन्त्री राई बिरुद्ध मुद्धा दर्ता गरेको भन्दै वालिकाले मुद्धा फिर्ता लिएकी हुन् । मुद्धा फिर्ताका लागि निवेदन दिएपछि काठमाडौं जिल्ला अदालतले उक्त मुद्धा खारेज गरिदिएको छ । खड्काले मुख्यमन्त्री राईमाथि रिलेसनमा बसौं भनेर यौन दुव्र्यबहार भएको भन्दै अंश समेत माग दाबी गरेकी थिइन् ।

युवतीको निवेदन र मुद्दा फिर्ताको आधारमा अदालतले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ ।

ती युवतीले मुख्यमन्त्री राईमाथि करिब ५ वर्षअघिदेखि सार्वजानिक रुपमै यौन दुव्र्यवहारको आरोप लगाउँदै आएकी थिईन् । मुख्यमन्त्री राईले नेकपाकै नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै पार्टीमा निवेदन दिएका थिए ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update