सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ६ म्यानेच्युडको भुकम्प
काठमाण्डौं - नेपालमा बुधबार विहान ठुलो भूकम्प गएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रले जनाएको छ ।
विहान ५ बजेर १९ मिनेटमा भुकम्प गएको हो । यसको धक्का काठमाण्डौं सहित वाग्मती प्रदेशका सबैजसो जिल्लामा महसुस भएको थियो । भुकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका थिए ।
राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७ ०५:५०
प्रतिक्रिया दिनुहोस्