Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
दोलखाका शैक्षिक संस्थामा असोज दोस्रो हप्तादेखि पठनपाठन सुचारु गर्ने निर्णय

चरिकोट — दोलखामा आगामी असोज ७ गतेबाट शैक्षिक संस्थामा पठनपाठन सुरु गरिने भएको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर आधारभुत र माध्यामिक तहको पठनपाठन सुचारु गर्ने निर्णय भएको हो ।

स्थानीय तहका जनप्रतिनिधिसहित मंगलवार बसेको जिल्ला शिक्षा समन्वय समितिको बैठकले स्वास्थ्य सुरक्षा मापदण्डसहित कार्ययोजना बनाएर आधारभुत र मावि तहको कक्षा संचालन गर्ने निर्णय गरेको हो ।

जिल्ला शिक्षा समिति अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेका अनुसार आधारभुत तहका विद्यार्थीलाई सिकाई केन्द्रको रुपमा टोलटोलमै पुगेर शिक्षकहरुबाट पठनपाठन गराईनेछ । यसैगरी ६ देखि १० कक्षासम्मका लागि भने विद्यालयमै कक्षा संचालन हुनेछ ।

तर कक्षा संचालन गर्ने क्रममा माक्स, सेनिटाईजर सहित स्वास्थ्य सुरक्षा मापदण्ड लागु गर्नुपर्नेछ । धेरै विद्यार्थी संख्या भएका विद्यालय र कक्षाको हकमा रोलनम्बर अनुसार जोरविजोर प्रणाली अनुसार विद्यार्थीलाई कक्षामा सहभागि गराईनेछ ।

तामाकोसी, शैलुंङ लगायतका स्थानीय तहले यसअघि नै शैक्षिक संस्था सुचारु गर्ने निर्णय गरिसकेका छन् । कोरोना भाईरस् (कोभिड १९) को महामारीका कारण ७ महिनादेखि शैक्षिक संस्था ठप्प छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update