Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
निता राउत फाउण्डेशन र क्रियटिभ ह्याण्डसद्धारा पहिरो पीडित २० घरपरिवारलाई जस्तापाता बितरण

चरिकोट — दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ५, लापिलाङ स्थित पहिरो पीडितहरुका लागि निता राउत फाउण्डेशन र क्रियटिभ ह्याण्डस् काठमाण्डौंले जस्तापाता बितरण गरेका छन् । पहिरोबाट विस्थापित भएका २० घरपरिवारलाई सोमवार एक कार्यक्रमकाबीच जस्तापाता बितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष विन कुमार थामी र वडा अध्यक्ष सुवास थामीको उपस्थितिमा प्रतिपरिवार १ वण्डल जस्तापाता पीडितहरुलाई बितरण गरिएको फाउण्डेशनकी अध्यक्ष निता राउतले जानकारी दिईन् ।

वडा अध्यक्ष सुवास थामीको अनुसार पहिरोबाट घर क्षतिग्रस्त भई विस्थापित भएका विर बहादुर थामी, गणेश थामी, लालमन थामी, अमर थामी, लक्ष्मण थामी, धनमान थामी, पविमाया थामी, ईन्द्र बहादुर घिमिरे, खेल बहादुर थामीको परिवारलाई वितरण गरिएको छ । यसैगरी विर बहादुर थामी, बुद्धिमान थामी, खड्गमाया थामी, चलक बहादुर थामी, नविन थामी, असुनी थामी, सुजन थामी, सन्तोष थामी, रीता थामी, हरिमाया थामी र डम्बर थामीको परिवारले पनि जस्तापाता प्राप्त गरेका छन् ।

अविरल वर्षापछि रानीवन क्षेत्रबाट सुरु भएको पहिरोका कारण २० घरपरिवार विस्थापित भएका छन् भने दर्जनौं घरपरिवार जोखिममा छन् । स्थानीय किसानको सयौं रोपनी खेतीयोग्य जग्गा समेत बगरमा परिणत भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update