Sajha Boli :: Nepal’s Reliable Digital Newspaper
झण्डै १८ हजार नागरिकको विमाका लागि सहयोग गर्ने तामाकोसी गाउँपालिकाको निर्णय

चरिकोट — दोलखाको तामाकोसी गाउँपालिकाले झण्डै १८ हजार नागरिकको विमाका लागि सहयोग गर्ने भएको छ । गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले प्रत्येक नागरिकको कोरोना विमा गर्नुपर्ने निर्णय गर्दै सहयोग गर्ने निर्णय गरेको हो ।

एक वर्षको कोरोना विमाका लागि लाग्ने खर्चमध्ये एक जना नागरिक बरावर गाउँपालिकाले १ सय रुपैयाँ व्यहोर्नेछ । यसैगरी नेपाल सरकारले ३ सय र सहकारीको सदस्यको हकमा सहकारीले व्यहार्ने व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।

नागरिकको विमाका लागि गाउँपालिकाले सहकारी संस्थाहरुसँग समन्वय गरी सदस्यहरुको तर्पmबाट १ सय व्यर्होदिने सहजीकरण गराएको छ । सहकारी सदस्य नभएका व्यक्तिहरुले १ सय रुपैयाँ स्वयंले व्यहोर्नुपर्नेछ ।

तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले कोरोना भाईरसको जोखिमलाई मध्येनजर गर्दै गाउँपालिकाका प्रत्येक नागरिकको विमाका लागि पालिकाकोको तर्फबाट सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।

१८ हजार नागरिकका लागि १ सयका दरले खर्च गर्न करिव १२ लाख गाउँपालिकाले व्यहोर्नुपर्ने हुन्छ । ती मध्ये दुई तिहाई नागरिक सहकारीमा आवद्ध रहको अनुमान छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update