एजेन्सी - चीन र भारतबीच सीमाक्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा जारी तनाव कम गर्ने समझदारी बनेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा भएको बैठकमा पाँच बुँदे सहमति भएको हो ।
भेटमा भारतीय विदेशमन्त्रीले भारतले सीमामा जारी तनावलाई भारतले थप बढाउन नचाहेको र चीनप्रतिको भारतको नीतिमा कुनै परिवर्तन नभएको बताएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
भारतीय संचारमाध्यमले दावी गरेअनुसार चिनियाँ विदेश मन्त्रालयले छिमेकी देश हुनुको नाताले केही मुद्धाहरूमा दुई देशबीचमा केही असहमति हुनु एकदमै स्वभाविक रहेको बताउँदै ती असहमतिलाई सहि परिपेक्ष्यमा हेरिनुपर्ने भनेको छ ।
एएनआईले चिनियाँ विदेश मन्त्रालयको हवाला दिदैं लेखेको छ, चिनियाँ विदेशमन्त्रीले चीन(भारतको सम्बन्ध फेरी एकपटक दोबाटोमा उभिएको छ । तर जबसम्म दुबै पक्षले आफ्नो सम्बन्धलाई सही दिशामा बढाउँदै लगिरहनेछन् तबसम्म कुनै समस्या हुनेछैन र यस्तो कुनै चुनौति छैन जसलाई समाधान गर्न नसकियोस् ।
दुबै देशका मन्त्रीहरू मस्कोमा चलिरहेको शाङ्घाई कर्पोरेशन अर्गनाइजेसनको बैठकमा भाग लिन त्यहाँ पुगेका थिए । त्यसबीचमा चीनका रक्षामन्त्री र भारतीय समकक्षीबीच पटक पटक बार्ता घण्टौं छलफल भएको छ ।