✍️ कुसुम घिमिरे
भर्याङ कसैलाई गन्तव्य सम्म पुर्याउँछ, कसैलाई अर्को गन्तव्य सम्म जान ओराल्छ, मिलन गराउँछ साथी बन्छ, भर्याङ जीवन यात्राको अभिन्न अंग हो। तर शारीरिक अपाङ्गता भएकाहरुका लागि समान पहुँच र अवसर आजको आवश्यकता हो । अपाङ्गता भएर बाँच्नु आफैंमा जटिल कुरा छ, त्यसैगरी अहिले फैलिँदै गएको कोभिड १९ सम्बन्धि सूचनाहरू नै अपाङ्गता मैत्री नहुनुका अलावा अपाङ्गता भएका ब्यक्तिले सहि सूचना नपाउनु त्यो भन्दा जटिल कुरा हो जस्तो लाग्छ मलाई । जुन साङ्ग ब्यक्ति कोभिड १९ बाट प्रभावित भएर जुध्न सक्नु र अपाङ्गता भएका ब्यक्ति कोभिड १९ बाट प्रभावित भएर जुध्नुमा धेरै फरक पर्न जान्छ।
हामीले हरेक जिल्ला बाट २ जना स्वयंसेवक साथीहरूको सम्लग्नतामा प्रत्येक जिल्लाबाट कम्तीमा पनि १० जना अपाङ्गता भएका ब्यक्तिहरुको सर्बेक्षण गरेका थियौँ र दिइएको समग्र तथ्याङ्कलाई अध्ययन गर्दा ५०५ व्यक्तिलाई क्वारेन्टाइनको बारेमा थाहा नै नभएको बताउनुभएको छ, ५५ ले पानीले मात्र हात धुने गरेको बताउनुभएको छ, ६२५ लाई कोरोना महामारीको अबधिमा आधारभूत सेवाहरू कसरी प्राप्त गर्ने भन्ने नै थाहा नभएको बताउनुभएको छ, ९०५ ले स्थानीय तहबाट अपाङ्गता भएका ब्यक्तिहरुलाई ध्यानमा राखेर कुनै पनि विशेष कार्यक्रमहरू नभएको बताउनुभएको छ, १०५ लाई सामाजिक दूरीको बारेमा नै थाहा नभएको बताउनुभएको छ र ६९५ ले सूचनाहरू अपाङ्गता मैत्री नभएका कारण सहि जानकारी पाउन नसकेको बताउनुभएको छ । सरसर्ती हेर्दा राज्यले अथवा स्थानीय निकायले दिएका हरेक सूचनाहरू दिनका लागि मात्र दिनेमा सीमित भएको देखिन्छ जस्तो लाग्छ मलाई।
प्रकृति र गम्भीरताका आधारमा अपाङ्गताका प्रकार फरक फरक हुने भएकाले त्यही सूचना कसैलाई अपाङ्गता मैत्री हुन सक्छ भने त्यही सूचना कसैलाई अपाङ्गता मैत्री नहुन पनि सक्छ। तसर्थ, फरक फरक अपाङ्गता भएका ब्यक्तिहरूलाई मध्यनजर गर्दै पहुँचयुक्त ढाँचा र बैकल्पिक लीपि र चित्रमा लेखेको कुरा व्याख्या गरिदिनु पर्छ।
सुनाई सम्बन्धी अपाङ्गता भएका ब्यक्तिहरू लाई अडियो रभिडियोको माध्यम बाट साङ्केतिक भाषाको पनि व्यवस्था गरिदिनुपर्छ। बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू र अटिज्म भएका व्यक्तिहरूले लेखेको सामग्री बुझ्नुहुन्न। त्यसैले चित्रहरुका माध्यमबाट सूचना आदानप्रदान गर्न सकियो भने उपर्युक्त हुन्छ। टेलिभिजनमा दिइने Covid-19 सम्बन्धि सूचनाहरूमा साङ्केतिक भाषा र script writer को व्यवस्था अनिवार्य हुनुपर्दछ। कहिँ कतै background music राखेर सूचनालाई tex मा उतारेर सम्प्रेषण गरिएको पनि पाइएको छ जस्ले गर्दा दृष्टिविहीन तथा न्यून दृष्टियुक्त अपाङ्गता भएका ब्यक्तिहरूले सूचना पाउन नसक्ने हुँदा बोलेर र लेखेर दुबै तरिकाले सूचना दिन सकियो भने धेरै राम्रो हुन्छ। अब अहिलेको समयमा सामाजिक दूरी कायम गरेर बस्नुपर्ने अवस्थामा १०५ लाई सामाजिक दूरीको बारेमा थाहा नै नभएको बताउनुभएको छ। के अब कोभिड(ज्ञढ नियन्त्रण हुन्छ जस्तो लाग्छ र यहाँहरूलाई। हाल रेडियो, टेलिभिजन अथवा अन्य माध्यम बाट दिएका सूचनाहरू अपूरो देखिन्छ। उक्त सूचनामा अपाङ्गता भएका ब्यक्तिहरूलाई पनि मध्यनजर गर्दै आफ्नो दैनिक सरसफाइ कसरी गर्ने र त्यसका साथै हरेक अपाङ्गता भएका ब्यक्तिहरूले प्रयोग गर्नुहुने सहायक सामग्री व्यवस्थापन कसरी गर्ने भन्ने जस्ता विषयलाई पनि समेटेर सूचना सम्प्रेषण गर्न सकियो भने सुनमा सुगन्ध थपिने थियो।
शिक्षा मानिसको लागि नभई नहुने कुरा हो। शिक्षा नै मानिसको एक हतियार हो जसले सुखी र खुशी जीवन बिताउन र त्यसका साथै मानव उत्थानमा पनि शिक्षाले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ। यहाँ जुन साङ्ग ब्यक्ति जसले जता पनि र जस्तो सुकै पनि काम गर्न सक्ने ब्यक्तिलाई त शिक्षा निकै महत्वपूर्ण हुन्छ भने झन् अपाङ्गता भएका ब्यक्तिलाई त शिक्षा नभई नहुने विषय रहेको छ। दिइएको तथ्याङ्कलाई अध्ययन गर्दा ५५५ ले अपाङ्गता भएका बालबालिकाको पढाइ सुचारु नभएको बताएका छन् भने ६५ ले अनलाइन कक्षा र ४५ ले दूर शिक्षा [टिभीबाट] मार्फत कक्षा सुचारु भएको बताए र ति मध्ये ८८५ ले कक्षाहरू अपाङ्गता मैत्री नभएको कारण पठनपाठन गर्न असहज भएको बताएका छन्। अब भन्नुहोस् टिभी, रेडियो र अनलाइन मार्फत सञ्चालन गरिरहेको शिक्षाको कुनै औचित्य रह्यो र?
तसर्थ अपाङ्गता भएका बालबालिका हरूको पठनपाठन सुचारु गर्न साथै अपाङ्गता मैत्री बनाउन राज्यले तथा स्थानीय निकायले छुट्याउने बजेटमा अपाङ्गता कोषलाई पनि समावेश गराउँदै इन्टरनेट तथा Android मोबाइल फोनको व्यवस्था गराउनु पर्दछ। केही केही अपाङ्गता भएका ब्यक्तिहरू हाल इन्टरनेट र Android फोनको पहुँचमा भइरहँदा पनि इन्टरनेटमा अपाङ्गता मैत्री शिक्षा उपलब्ध नभएका कारण पनि शिक्षामा कठिन रहेको देखिन्छ। त्यस्तै हाल टेलिभिजनमा सञ्चालन गराइरहेको शिक्षामा साङ्केतिक भाषा, caption writer र केही चित्रका माध्यमबाट पनि सञ्चालन गराउन सकियो भने सबै किसिमका अपाङ्गता भएका ब्यक्तिहरुलाई पहुँच युक्त हुनेथियो। अपाङ्गता भएका ब्यक्तिका अभिभावक तथा हेरालुलाई आवश्यक अभिमुखिकरण गर्न सकियो भने पनि अझ थप सहज हुनेथियो ।
निश्कर्षमा भन्नुपर्दा स्थानीय स्तरमा गरिने हरेक सामाजिक कार्यक्रमहरू अपाङ्गता मैत्री नहुनु, उक्त कार्यक्रम सञ्चालन गराउने कमिटी भित्र अपाङ्गता भएका ब्यक्तिहरू समावेश नगराउनु नै अपाङ्गता मैत्री सूचना नपाउनुको मुख्य कारण हो। भनिन्छ, चिनीमा चिनी नै मिल्छ, नुनमा नुन नै मिल्छ। त्यसैले अपाङ्गता भएका ब्यक्ति ब्यक्ति बिच नै सहकार्य सहज हुने भएकाले कुनै एक वा दुई जनालाई मात्र स्थानीय कार्यक्रममा सहभागी गराउन सकियो भने उनीहरू केही हद सम्म अगाडि बढ्न सक्छन्। अपाङ्गता भएका ब्यक्तिहरू केही होइनन् अथवा उनीहरूले केही गर्न सक्दैनन् भन्ने सोचाइ आजै मगजबाट हटाइदिनुहोस्।